१२ मंसिर २०८३, शुक्रबार

उत्तर कोरियामा सर्वसाधारणका लागि छालाको कोट प्रतिवन्ध

एसीपी संवाददाता

११ मंसिर २०७८, शनिबार ०१:५८ मा प्रकाशित

११ गते मङ्सिर २०७८ ।  उत्तर कोरियामा सर्वसाधारणका लागि छालाको कोट प्रतिवन्ध गरिएको छ। छालाको कोट राष्ट्रपति किम जोङ उनको प्रिय पहिरन हो ।

राष्ट्रपतिको पहिरन अरूले लगाएर अपमान नगरून् भन्ने उदेश्यले सर्वसाधारणका लागि प्रतिबन्ध लगाइएको हो । सन् २०१९ मा किमले छालाको कोट लगाएपछि उत्तर कोरियाका सम्भ्रान्तहरूले त्यस्तै कोट लगाउन थालेका थिए । उनीहरूले सक्कली छालाको कोट लगाएका थिए ।

तर त्यसैको सिको गर्दै अरूले पनि सस्तो नक्कली कोट लगाउन थालेपछि प्रहरी खटाएर त्यस्तो कोट बेच्न रोकिएको छ । किमको पहिरनलाई मानिसहरूले सस्तो सामान किनेर अपमान गरेको अनि उनको शक्तिको अवमूल्यन गरेको निष्कर्ष सरकारले निकालेको छ ।

नक्कली छालाको कोट गत सेप्टेम्बर महिनादेखि बेच्न थालिएको थियो । कोभिडका कारण लगाइएको प्रतिबन्ध खुकुलो बनाइएपश्चात् चीन र उत्तर कोरियाको सीमा खोलिएपछि कोटहरू उत्तरको बजारमा कोट भेटिन थालेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x