१२ मंसिर २०८३, शुक्रबार

उपेन्द्र यादवका विश्वासपात्र मुख्यमन्त्री मो. राउतको अफिसमा अख्तियारको छापा, करोडौंको चलखेल

एसीपी संवाददाता

१४ आश्विन २०७८, बिहीबार ०२:१४ मा प्रकाशित

१४ गते असोज २०७८ बिहीवार । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई आइलाग्यो अर्को संकट उनका विश्वासपात्र लालबाबु राउतको अफिसमा अख्तियारको छापा, छताछुल्ल भयो करोडौंको चलखेल भएको खुलासा भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई अर्को संकट माथी अर्को संकट आइलागेको छ । केन्द्रमा सत्ता गठबन्धन र प्रदेश २ मा सत्तामा रहेका बेला उपेन्द्रका विश्वासपात्र मोहम्मद लालबाबु राउत गद्दीको अफिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । अहिले प्रदेश २ का मुख्यमन्त्री निकै बिवादमा परेका छन । केही अघि मात्र उनका विरुद्ध धर्म बिरोधि काम गरेको आरोप लागेको थियो ।

बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको हो ।

’प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता ः कम्पनी नखुलाई किनिए ११ करोडका १७ हजार साइकल’ भनेर समाचार आएको र साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो । अख्तियारले भ्रष्टाचारसम्बन्धी फाइल नियन्त्रणमा लिएको छ ।

प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x