१२ मंसिर २०८३, शुक्रबार

उपेन्द्र यादवको पार्टी गुट- उपगुटको पार्टी हो – महन्थ ठाकुर

एसीपी संवाददाता

१० आश्विन २०७८, आईतवार ०३:३० मा प्रकाशित

१० गते असोज २०७८ आइतबार । जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभिन्न गुटउपगुटको पार्टी रहेको आरोप लगाएका छन् ।
जसपामा यादववादको नारा लाग्ने गरेको छ भने कहिले जसपाका अध्यक्ष उपेन्द्र यादव चिनियाँ राजदुतको भेट् चर्चा हुने गरेको छ कतिपय उनकै पार्टीका नेता कार्यकर्ताले उपेन्द्रले चीनबाट करोडौं रकम बुझेका आरोप समेत लगाएका बेलामा महन्त ठाकुरको सहि सिद्ध हुने हो कि ? यता सघिय अध्यक्ष बाबुराम भट्टराईको कथा जहिले नि हिन्दु धर्मका बिरोधिहरु सहकार्य गर्ने र हिन्दु धर्मको बिरोध गर्ने बहुन मध्य हुन कम्युनिस्ट पार्टी त्यागे बिचार परिवर्तन हुन नसकेको अवस्थामा उनी निकै चर्चामा आउने गर्छ्न         । महन्तले पार्टीको कार्यविशेषले शनिवार जनकपुरधाम पुगेका महन्थ ठाकुरले लोसपामा गुटउपगुट रहेको आरोप निराधार रहेको भन्दै जसपामा नै गुट उपगुट रहेको टिप्पणी गरे । उनले लोसपालाई सानो गुट भन्नेहरुलाई पहिले आफ्नो घरमा नियाल्न सुझाव दिए ।

अध्यक्ष ठाकुरले एमसीसीलाई अहिले हौवा बनाएको बताउँदै एमसीसी संसदमा आएपछि मात्र आफनो पार्टीको आधिकारिक धारणा बनाउने बताए । यद्यपी उनले आफूहरु एमसीसीको विरोधमा नरहेको उल्लेख गरे । उनले सरकारमा सहभागी हुने बिषयमा कुनै छलफल नभएको बताए ।

आइतबार बिहान ११ बजेका लागि डाकिएको लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुरधाम पुगेका हुन् । ठाकुरको प्रमुख आतिथ्यमा हुने उक्त बैठकबाट संसदीय दलको नेता चयन गरिने बताइएको छ । जनता समाजवादी पार्टी (जसपा)का ५५ सांसदमध्ये १६ सांसद लोसपा रोजेका छन् । जसमध्ये चार सांसद दलका नेताको आकांक्षी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x