१२ मंसिर २०८३, शुक्रबार

उपेन्द्र यादवको पुत्ला दहन , पार्टीको झन्डा जलाईयो

एसीपी संवाददाता

२३ आश्विन २०७८, शनिबार ०३:१९ मा प्रकाशित

२३ गते असोज २०७८ शनिबार । वीरगंजमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाइएको छ । शुक्रबार जसपाकै नेता, कार्यकर्ताहरूले अध्यक्ष यादव र पार्टीको झण्डा जलाएका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव यश पटक पनि कुनै सासदलाई मन्त्री न बनाएको भन्दै यादवको पुत्ला दहन गरेका हुन । पार्टीको मधेसमा बिरगंज छेत्रको ठुलो योगदान रहेको हो । तर पटक पटक मधेस आन्दोलनमा अमुल्य योगदान गदै आएको बिरगंजको जनतालाई ठुली घात भएको हो ।

उनीहरुले यादवविरुद्ध नाराबाजी गर्दै यादव पुतला जलाएका हुन् । यादवसँग असहमत नेता, कार्यकर्ताहरूले उनको पुत्ला जलाएका हुन् । जसपाले ४ जना मन्त्री पाएको हो । अहिले नेपालगन्जका सासद तथा पुर्ब मन्त्री मो . इस्तियाक राईको अन्तिम सम्म चर्चा चलेको थियो । नेपालगन्जका कति पय जनताले राई लाई बधाई दिदै तस्बिर पनि समाजिक सन्जालमा पोस्ट गर्दै शुरु भएको प्रचार अन्तिममा ईस्तियाक राई लाई उपेन्द्र यादवले पाखा लगाएका हुन । अहिले नेपालगन्जका केही कार्यकर्तामा समेत आक्रोश जन्मिएको छ । उपेन्द्र यादवले बाके यश पटक धोका दिएको गुनासो गरेका छ्न । यस्तै नेपालगन्जका एक जमा सिनियर पत्रकारले यो पटक मन्त्री बिस्तार मुस्लिम समुदायलाई उपेक्षा गरिएको गुनासो गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x