उपेन्द्र यादवले किर्ते हस्ताक्षर गरेको हो – महन्त
काठमाडौं । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशको सांसद कारवाहीमा कीर्ते भएको खुलासा गरेका छन् । इच्छा नभएका र विरामी भएका नेतालाई केन्द्रीय कार्यकारिणी समितिमा बहुमत पुर्याउन जबरजस्ती हस्ताक्षर गराइएको र बैठक नै नबसी हस्ताक्षर देखाएर कार्यकारिणी समिति बैठकको निर्णय भनेर सांसदलाई कारवाही गर्न प्रदेशसभा सचिवालयमा पत्र पठाइएको ठाकुरले खुलासा गरेका हुन् ।
विरामी भएका नेताको घर घरमा गएर हस्ताक्षर लिएर केन्द्रीय कार्यकारिणी समिति बैठकमा २६ जना देखाउनु र लुम्बिनी प्रदेशसभा सचिवालयमा सांसद कारवाहीका लागि पत्र पठाउनु उपेन्द्र र बाबुरामको कीर्ते भएको महन्थको भनाई छ । ‘विरामी भएका मान्छेको पनि हस्ताक्षर लिइएको छ । कुन प्रयोजनका लागि भन्ने खुलाइएको छैन । इच्छा नभएका लाई पनि बाध्य पारिएको छ हस्ताक्षरका लागि । उपेन्द्रजीले गलत गर्नुभएको छ,’ ठाकुरले भने ।
उनले जसपाभित्र संघर्ष सत्ताका लागि भएको पनि बताए । उपेन्द्र यादव सत्तामा जानका लागि पार्टीभित्र संघर्ष गरिरहेको उनको भनाइ छ । ‘सत्ताको संघर्ष हो । सत्ताका लागि हो,’ उनले भने ।नेपालपाना


