१२ मंसिर २०८३, शुक्रबार

उपेन्द्र यादवको दादागिरीका कारण गयो सरकार

एसीपी संवाददाता

२७ बैशाख २०७८, सोमबार १४:३३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा प्रस्तुत गरेको विश्वासको मतमा जसपाले सांसदहरुलाई ह्विप लगाएन । सांसदले स्वतन्त्र रुपमा मत हाल्ने अधिकार पाए । तर पार्टीभित्र आफ्नो बहुमत देखाउन अध्यक्ष उपेन्द्र यादवले सांसदलाई धम्क्याएर प्रधानमन्त्री ओलीको विपक्षमा मतदान हाल्न लगाएको खुलेको छ ।

उपेन्द्रको धम्कीका कारण चन्द्रकान्त चौधरीले तटस्थ भनेर हस्ताक्षर गरिसकेको मत पनि परिवर्तन गरेका छन् । चौधरीलाई उपेन्द्रले भोटिङ स्थलमै धम्काएका हुन् । उनले सुरुमा तटस्थ रहने महन्थ ठाकुर पक्षमा हस्ताक्षर गरेका थिए । त्यो देखेका उपेन्द्रले थर्काएपछि चौधरी परिवर्तन गर्न बाध्य भए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x