१२ मंसिर २०८३, शुक्रबार

उपेन्द्र यादव पार्टी जसपा भ्रष्टाचारी हो , मधेस छोड भन्दै जनमत आयो रोडमा

एसीपी संवाददाता

१८ आश्विन २०७८, सोमबार १३:३९ मा प्रकाशित

१८ गते असोज २०७८ सोमबार । सीके राउत नेतृत्वको जनमत पार्टी आन्दोलनमा गएको छ । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन गर्दै मोहम्मद लाल बाबु राउतको राजीनामा माङ गरको छ । अहिले प्रदेश २ का मुख्यमन्त्रीले भ्रष्टाचार गरेको आरोपमा अख्तियरले छापा मारेको थियो ।

मुख्यमन्त्री कार्यालयले सञ्चालन गरेको बेटी बचाऊ, बेटी पढाऊ अभियानमा अनियमितता भएको भनी अख्तियारले कागजात नियन्त्रणमा लिएको केही दिनपछि सोमबार जनमत पार्टीले प्रदर्शन गरेको हो । नगरको विभिन्न ठाउँमा मोटरसाइकल जुलुस प्रदर्शन गरेका उनीहरुले मुख्यमन्त्री कार्यालयको गेट अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।
अहिले मधेसमा उपेन्द्र यादव माथी चीन बाट रक्म लिएको समाचार आएको थियो भने अहिले जसपा को सरकार रहेको प्रदेश २ मा पनि भ्रष्टाचारको कुरा उठेकोले मधेसी जनतालाई ठगेको महसुस भएको छ ।

यता जनमतको प्रदर्शनका क्रममा उनीहरुले भ्रष्टाचारी पार्टी मधेश छोड, भ्रष्टाचारी होशियार, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ, भ्रष्टाचारी मुख्यमन्त्री राजीनामा दे’ जस्ता नारा लगाएका छन् ।

प्रदेश सरकारले गरेको अनियमितताकै कारण अख्तियारले छापा मारेको भन्दै उनीहरुले छानबिन गरी कारबाहीको माग गरेका छन् ।

उपमहानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी

जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी पनि गरेका छन् । बाटो बनाउने नाममा खाल्डो खनेर छोडिदिएका कारण नगरको विभिन्न ठाउँमा पैदल हिँड्न समस्या भएपनि उपमहानगरपालिकाले ध्यान नदिएको उनीहरुको भनाइ छ ।

जनमत पार्टीका कार्यकर्ताले उपमहानगरपालिकाका मेयर लालकिशोर साह र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । ताला लगाउने क्रममा उनीहरुले न्यायिक समितिको कार्यकक्षमा तोडफोड गरेको उपमहानगरपालिकाका कर्मचारीले बताएका छन् ।

यस्तै, जथाभावी सडक खनेर अलपत्र पारिएको भन्दै रमानन्द चोकस्थित नेपाल खानेपानी संस्थानको कार्यालयमा पनि जनमत पार्टीका कार्यकर्ताले ताला लगाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x