१२ मंसिर २०८३, शुक्रबार

उपेन्द्र यादव माथी कडा एक्सनको तयारी

एसीपी संवाददाता

१ असार २०७८, मंगलवार १४:०७ मा प्रकाशित

काठमाडौं । संघीय राजधानीमा जसपाभित्र महन्थ ठाकुर र उपेन्द्र यादवको टकराव बढ्दो छ । विपक्षी गठबन्धनमा लागेर उपेन्द्रले आफ्नो औकात हैसियत नै बिर्सिएर अराजनीतिक गतिविधिमा उत्रेका छन् । जसले पार्टी जोगाइदियो उसैसँग जोरी खोजिरहेका छन् । यस्तोमा महन्थ ठाकुरले उपेन्द्रमाथि अर्को एक्सन लिने भएका छन् ।

जसरी लुम्बिनी प्रदेशमा उपेन्द्रले ४ सांसदलाई कारवाही गरे त्यसैगरी लुम्बिनीमा महन्थले उपेन्द्रका २ सांसदमाथि कारवाही गर्ने भएका ५न् ।

लुम्बिनी सरकारको नीति तथा कार्यक्रमको विपक्षमा रहेका उपेन्द्र समूहका दुई सांसदलाई कारवाही गरिने भएको हो । नीति तथा कार्यक्रमको विपक्षमा उभिएका सांसदद्वय सहश्रराम यादव र पुर्मती ढेंगामगरलाई कारबाही गर्ने निर्णय भएको उद्योगमन्त्री समेत रहेकी जसपाकी प्रमुख सचेतक कल्पना पाण्डेले जानकारी दिइन् ।

प्रदेशसभामा ६ जना सदस्य रहेका जनता समाजवादी पार्टीका चार सांसद भने सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रमको समर्थनमा उभिएका थिए । पार्टीको संसदीय दलको जेठ २९ गते बसेको बैठकले पार्टीका सबै सांसदलाई सरकारको नीति तथा कार्यक्रमको समर्थनमा उभिन ह्वीप जारी गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x