१२ मंसिर २०८३, शुक्रबार

यादव र महन्थ ठाकुर दुवै पक्षको आ–आफ्नो दावी प्रस्तुत

एसीपी संवाददाता

२२ असार २०७८, मंगलवार १२:१४ मा प्रकाशित

जसपाको विवाद मिलाउन निर्वाचन आयोगले मंगलाबर गरेको छलफलमा उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले आ–आफ्नो दावी नछाडेका कारण विवाद मिल्न नसकेको हो ।
छलफलमा दुवै पक्षले अलग भएर अगाडी बढ्ने निर्णय गरेको ठाकुर पक्षीय नेता अनिल झाले जानकारी दिनुभयो ।
अब निर्वाचन आयोगले केही दिन भित्रै आधिकारिकता सम्बन्धी निर्णयका लागि प्रमुख निर्वाचन आयोगको अध्यक्षतामा इजलास गठनको तयारी गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले भन्नुभयो, ‘आपसी सहमतिबाट विवादको निरुपण हुन नसकेपछि आयोगमा इजलास गठन गर्दै बहस पैरवी भएपछि फैसला गर्छ ।’

जनता समाजवादी पार्टी जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले पार्टी आधिकारिताका बारेमा आ–आफ्नै दावी पेश गरेका छन् ।

मंगलबार निर्वाचन आयोगले बोलाएको छलफलमा दुवै पक्षका नेताहरुले आधिकारि पार्टी आफुहरु नएको भएको भन्दै आ–आफ्नै दावी पेश गरेका हुन् । छलफलका क्रममा आयोगले पार्टी दुवै पक्षसंग एक हुन सक्ने वा नसक्ने बारे जानकारी लिएको थियो । तर दुवै पक्षले अहिलेको अवस्थामा आफुहरु मिलेर जान नसक्ने भन्दै नियमानुसार गर्न आग्रह गरेका थिए ।  छलफलका क्रममा दुबै पक्षले आफ्नो दावी नछाडेपछि छलफल निष्कर्षबिहीन भएको थियो । छलफलपछि महन्थ पक्षका नेता अनिल झाले अध्यक्ष उपेन्द्र यादवले आफूहरू मिलेर जान नसक्ने बताएको जानकारी दिनुभयो । उहाले आफुहरु नै आधिकारीक भएको जानकारी गराएको र अर्को पक्ष सहमतिमा आउन नचाहेको जिकिर गर्नुभयो ।

त्यस्तै यादव पक्षका नेता महेन्द्र राय यादवले एकताको सम्भावना तत्काल नरहेको बताउनुभयो । तत्काल मिल्ने सम्भावना नभएकोले आयोगलाई आफ्नो प्रक्रिया अगाडि बढाउन भनेका उहाले जानकारी दिनुभयो । आत्मआलोचना सहित अर्को पक्ष आए सहमति हुने बताएको र अर्को पक्षले नमानेको उहाको भनाइ छ ।

जसपाको विवाद नमिलेपछि आयोगले वैधानिकताबारे निणर्य गर्न इजलास गठन गर्ने जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ५ मा ‘विवादका पक्षहरू उपस्थित भई विवाद निरुपण गर्न सहमत भएमा आयोगले पक्षहरूबीच भएको सहमति बमोजिम विवाद निरुपण गर्ने’ उल्लेख छ । छलफलमा दुवै पक्ष सहमत नभएकोले अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ६ अनुसारको प्रक्रिया सुरू हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । इजलासले अदालतले झैं कानूनी प्रमाणका आधारमा निर्णय दिने उहाले बताउनुभयो ।

आयोगमा यादव पक्षले पार्टीको आधिकारिकताको दाबी गरेको थियो । असार ४ गते यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३, को दफा ४३ को (ग)  अनुसार आधिकारिकता दाबी गर्नुभएको थियो । अर्का अध्यक्ष ठाकुरले असार १४ गते यादवको दाबी सहि नभएको भन्दै लिखित जवाफ पेश गर्नुभएको थियो । विवादपछि आयोगले दुवै पक्षलाई आयोगमा बोलाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने र नगर्ने बिषयले जसपाभित्रको विवाद चुलिएको थियो । जसपाको यादव पक्षले बिपक्षी गठबन्धनलाई र ठाकुर पक्षले एमाले नेतृत्वको सरकारलाई समर्थन गरिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x