एपिएफको गोलिले घाइते भएको युवकको मृत्यु ; दिन भरी तनाव
बुधबार नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल (एपीएफ) को फायरिगंबाट मृत्यु भएका युवक बाबुका लागि औषधी खरिद गर्न गएको दाबी गरिएको छ ।
दैनिक जागरण अनुसार बुधबार बिहान अविनाश राजभर बिरामी बाबुको लागि सिमानाको फुटपात हुँदै भारतको बहुवारस्थित एक निजि अस्पतालमा औषधि लिन पुगेको उल्लेख गरेको छ । औषधि लिएर घर फर्किरहेको बेला नो–मेस ल्यान्ड–१ मा ती एपीएफका प्रहरीहरुले उनलाई रोक्न खोजेका थिए।
जागरण अनुसार ती युवक सिमानाको फुटपाथ हुँदै भारतको बहुवारस्थित निजी अस्पतालमा औषधि लिन आएका थिए । उनी औषधि लिएर घर फर्किने क्रममा नो-मेन्जल्याण्डका तीन एपीएफ प्रहरीहरूले उनलाई टाढाबाट रोक्न खोजे । सिमानाकामा रहेका प्रहरीहरूले भने”सीमा सीलको कारण यातायात प्रतिबन्धित छ।” तर प्रहरीको कुरालाई बेवास्ता गर्दै अविनाश नेपाल तर्फ आफ्नो घरमा जान थाले । जसपछि प्रहरीले पहिलो तीन राउण्ड गोली हाने र उनलाई चेतावनी दिएका थिए ।
ती युवक प्रहरीलाई नजरअन्दाज गरे पछि प्रहरीले युवकको खुट्टामा गोली फाईरिङ गरेका थिए । फाईरिङ सुरु हुने बित्तिकै अविनाश भुइँमा खसेका थिए । गोली सुनेको साथसाथै काठीश्वरवासी हदीश अली, सन्तोष यादव र बहादुर राई लगायत ठूलो संख्यामा स्थानीय नागरिकहरू घटनास्थल पुगेका दैनिक जागरणले जनाएको हो ।
ती युवक नेपाली सीमामा एपीएफले फायरिंग गरेको गोली लागेर घाइते भएका थिए । त्यस लगत्तै स्थानियले युवकलाई उपचारको लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै निधन भएको हो । घटना पछि उक्त क्षेत्रमा तनाव बढेको थियो ।
स्थानीय अस्पताल शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले जानकारी दिएका थिए ।
यता नेपसुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान लागेका युवकलाई सशस्त्र प्रहरीले रोकेको थियो । त्यसपछि ५०/६० जना स्थानीय युवाले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि गोली चलाएको सशस्त्र प्रहरीको दावी छ । कोभिड–१९ को जोखिमका कारण रोकेर सोधपुछ गर्न खोज्दा गाउँलेको समूह आएर ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताएका छन । अधिकारी अनुसार भीडले आक्रमण गर्दा एकजना सई शंकर बुढाथोकीको टाउकोमा गम्भीर चोट समेत लागेको छ ।


