१२ मंसिर २०८३, शुक्रबार

एमसीसीका उपाध्यक्ष फातिमा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

एसीपी संवाददाता

२५ भाद्र २०७८, शुक्रबार ०७:४६ मा प्रकाशित

भदौ २५ गते शुक्रबार । अमेरिकी सहयोग परियोजना मिलेनीयम च्यालेन्ज कर्पोरेशन एमसीसीका उपाध्यक्ष फातिमा सुमार र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेटन बिहान खुमलबाटर पुग्नुभएकी फातिमालाई प्रचण्डले एमसीसीको विषय नेपालमा राष्ट्रिय बहसको विषय बनेकाले राष्ट्रिय सहमति गरेर मात्र अघी बढाउन सकिने प्रतिक्रिया दिनुभएको छ । प्रचण्डले एमसीसी परियोजनालाई संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धनमा छलफल गर्ने र गठबन्धनमा समेत एक मत बनाउने प्रयास गरिने जानकारी गराएको प्रचण्डका  प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । भेटमा फातिमाले प्रचण्डलाई एमसीसी परियोजना नेपाललाई हानी गर्ने प्रकृतिको परियोजना नभएकाले अगाडी बढाउन आग्रह गर्नुभएको थियो । उहाँले एमसीसी परियोजना नेपालमा बहसमा आएको जस्तो नेपालको राष्ट्रिय हित विपरित समेत नभएको र आर्थिक साहायता मात्र भएको अध्यक्ष प्रचण्डलाई बताउनुभएको थियो । यसअघि बिहीबार फातिमासहितको एमसीसीको उच्च नेतृत्वले प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईलाई भेटेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x