१२ मंसिर २०८३, शुक्रबार

एमसीसीमा भएका आशंकाहरु अमेरिकी सरकारले हटाउने

एसीपी संवाददाता

१९ भाद्र २०७८, शनिबार १६:३७ मा प्रकाशित

भदौ १९ गते शनिबार । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले अहिलेको सरकारले विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले नेपालले छिमेकी र अन्य मित्रराष्ट्रसँग एउटै मापदण्ड अपनाउने बताउनुभएको हो । नेपालको परराष्ट्र नीतिको मूल मन्त्र भनेको नै आफ्नो देशको स्वार्थ र हितको संरक्षण गर्नु भएको उहाले बताउनुभयो । उहाले देशको सुरक्षा र राष्ट्रिय अखण्डताप्रति कांग्रेस सधैं सजग रहेको जिकिर गर्नुभयो । महतले एमसीसीमा भएका आशंकाहरु अमेरिकी सरकारले हटाउनेपनि विश्वास दिलाउनुभयो । त्यस्तै, डा. महतले छिट्टै सरकारले पूर्णता पाउने स्पष्ट पार्नुभयो । उहाले कांग्रेसको वडा अधिवेशनमा उत्साहपूर्वक सहभागिता देखिएको दावी गर्नुभयो ।

उहाले उम्मेद्धवारीको प्रश्नमा आकांक्षाहरु अभिव्यक्त हुनु स्वभाविक भएको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x