१२ मंसिर २०८३, शुक्रबार

एमसीसी पारित गर्न प्रचण्ड , माधव पनि सहमत

एसीपी संवाददाता

२२ भाद्र २०७८, मंगलवार ०१:१७ मा प्रकाशित

भदौ २२ गते मंगलबार ।
सत्तारुढ गठबन्धनका नेता प्रचण्ड र माधव नेपालको सहमतिमै एमसीसी अगाडि बढ्ने भएको हो । यसका लागि आवश्यक तयारी थालिएको छ । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाबाट अनुमोदन गराउने तयारी थालेको छ ।

गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ । संसद्मा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयले चारवटै सुरक्षा निकायलाई चनाखो हुन निर्देशन दिएको हो । भदौभर हाई अलर्टमा रहन गृहको निर्देशन रहेको सुरक्षा अधिकारीले बताएका छन् ।

सुरक्षा अवस्था मजबुत बनाउन निर्देशन आएको एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए । एमसिसीका विषयमा सरकारी अधिकारीसँग छलफल गर्न एमसिसी उपाध्यक्ष फतिमा सुमार मंगलबार काठमाडौं आउँदैछिन् ।
एमसीसी लागू हुन बाट सबै भन्दा फरक चिनियाँ सरकारको वान वेल्ट वान रोडलाई ठुलो धक्का लाग्ने अनुमान गरिएको छ ।
५० करोड अमेरिकी डलरको एमसिसी परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मा सम्झौता भए पनि संसद्बाबाट अहिलेसम्म अनुमोदन हुन नसकेका बेला उपाध्यक्ष सुमारको नेपाल भ्रमण हुन लागेको हो ।
केही महिना आगाडि नेपाल स्थित चिनियाँ राजदुतले माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड , माधव नेपाल , जसपाका अध्यक्ष उपेन्द्र यादव लगाएतका नेतालाई अलग अलग भेट् गरि एमसीसी लागू हुनबाट रोक्न आग्रह गरेको विभिन्न संचारहरुमा समाचार प्रकाशित भएको हो ।
सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेटेर एमसिसी संसद्बाट अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्नेछिन् ।

एमसिसी उपाध्यक्ष सुमार नेपाल आउने र त्यसकै भोलिपल्ट संसद् अधिवेशन बोलाउनुमा पनि अर्थ रहेको छ । नागरिकका अनुसार सुरक्षा अवस्था कडा राख्ने निर्देशनले एमसीसी संसद्मा टेबुल हुने देखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x