१२ मंसिर २०८३, शुक्रबार

एमालेको उदघाटनमा काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री देउवा सहभागी हुँदै

एसीपी संवाददाता

४ मंसिर २०७८, शनिबार ०४:०० मा प्रकाशित

४ गते मंसिर २०७८ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेको १०‍औं महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।

मंसिर १०–१२ गतेसम्म चितवनमा हुने एमाले महाधिवेशनमा अतिथिका रूपमा एमाले नेता सुवास नेम्वाङको टोली देउवालाई निमन्त्रणा दिन बालुवाटार पुगेको थियो । उनले निमन्त्रणा स्वीकार गर्दै आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका हुन् ।

‘म आइहाल्छु नि। तपाइहरूको महाधिवेशनमा नआएर हुन्छ ? म आउँछु नि’, देउवाले भनेको उनलाई उद्धृत गर्दै भेटघाटमा सहभागी एक नेताले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x