१२ मंसिर २०८३, शुक्रबार

एमालेको पक्ष मतदान गर्न आव्हान

एसीपी संवाददाता

२६ बैशाख २०७८, आईतवार १५:२३ मा प्रकाशित

नेकपा एमालेले आफ्ना सांसदहरुलाई सोमबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभामा लिनलाग्नुभएको विश्वासको मतका पक्षमा मतदान गर्न निर्देश जारी गरेको छ ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार एक पत्रमार्फत् प्रधानमन्त्रीलाई मत दिनका लागि आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्नुभएको हो ।

प्रमुख सचेतक भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गर्नुभएको हो ।

एमालेमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल पक्षमा भएको विवादका कारण पार्टी फूटको संघारमा उभिएका बेला यो ह्वीप जारी गरिएको हो ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेले जारी गर्‍यो आफ्नै सांसदलाई ह्वीप ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x