१२ मंसिर २०८३, शुक्रबार

ओलि समुहको बैठक हुदै नेपाल समुहलाई कार्यवाही गर्ने तयारी

एसीपी संवाददाता

१० जेष्ठ २०७८, सोमबार ०५:५७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह स्थायी कमिटी बैठक बस्ने नेताहरुले बताएका छन् ।

राष्ट्रियसभाको निर्वाचनमा पार्टीका आधिकारी उम्मेद्वारलाई मत नदिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालगायतका नेतालाई सोधेको स्पष्टीकरणका बारेमा थप निर्णय गर्न बैठक बोलाइएको नेताहरुले बताएका छन् ।

यस्तै पार्टीको निर्देशनविपरीत विपक्षी गठबन्धनलाई प्रधानन्त्री बनाउन सहयोग गरेको पनि सो समूहमाथि एमाले संस्थापन पक्षको आरोप छ । यसअघि बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित ११ जनालाई २ दिनको समयसीमा दिएर स्पष्टीकरण सोधेको थियो ।

गत शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि नेपाली कांग्रेसलगायत विपक्षी ५ दलले विरोध गरिरहेका छन् ।

एमालेकै नेता नेपाल पक्षले पनि प्रतिनिधिसभा विघटनको विरोध गरिरहेको छ । यस्तै आजको बैठकमा विपक्षी गठबन्धनले आफू र राष्ट्रपतिविरुद्ध दर्ता गराउन खोजको रिटलगायत आगामी रणनीतिका बारेमा पनि छलफल हुने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x