४ बैशाख २०८१, मंगलवार

ककसमा रौनियारको दमदार प्रस्तुती,किन उपस्थित भएनन् चुन्ना ?

एसीपी संवाददाता

७ माघ २०७६, मंगलवार १२:४३ मा प्रकाशित


नेपालगञ्ज, माघ ७ ।
यही माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियारले आफ्नो उम्मेदवारी व्यवसायिक हितका लागि भएको स्पष्ट पार्नुभएको छ ।
नेपालगन्ज जुनियर जेसिसले अध्यक्ष पदका उम्मेदवारहरुलाई मंगलवार त्रिभुवन चोकमा ककस गराएको हो । उक्त ककसमा आफ्ना चुनावी एजेण्डा र मतदाताहरुको प्रश्नको जवाफ दिंदै अध्यक्ष पदका उम्मेदवार रौनियारले संघको निर्वतमान नेतृत्वले व्यवसायिका सवालमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकाले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह निर्माण भएको बताउनुभयो ।
‘म उद्योगी व्यवसायीका लागि अहोरात्र खटिन तयार छु उहाँले भन्नुभयो–‘हेर्नुस् मेरा प्रत्याशीलाई आज उद्योगी व्यवसायीमाझ आफ्ना चुनावी एजेण्डा र मतदाताको जवाफ दिन फुर्सद छैन् ।’ ककसमा अध्यक्षका प्रत्याशी अब्दुल वाहिद मन्सुरी उपस्थिति हुनु भएन् । उद्योग बाणिज्य संघको निर्वाचनको पूर्वसन्ध्यामा गरिने ककसमा अध्यक्ष पदका उम्मेदवार उपस्थित नभएको यो पहिलो पटक हो । यसअघिका चुनावमा अध्यक्ष पदका उम्मेदवारहरुलाई ककसमा आफ्ना एजेण्डा राख्न दिने र मतदाताहरुले प्रश्न राख्ने र उम्मेदवारहरुले जवाफ दिने प्रचलन थियो ।
जेसिसका नेपालगन्ज अध्यक्ष प्रज्ज्वल श्रेष्ठले अध्यक्ष पदका दुवै उम्मेदवारलाई कार्यक्रमबारे आधिकारीकरुपमा निमन्त्रणा दिएर कार्यक्रम तय पारिएको बताउनुभयो ।

आखिर किन उपस्थिति भएनन् चुन्ना ?

समावेशी प्यानलका अध्यक्षका उम्मेदवार अव्दुल वाहिद मन्सुरी (चुन्ना) ककसमा उपस्थित नहुनुलाई धेरैले धेरै कोणबाट अर्थयाउन थालेका छन् । नेपालगन्ज जुनियर जेसिसले नेपालगञ्ज उद्योग वाणीज्य संघमा प्रतिष्पर्धी दुवै प्यानलका अध्यक्षहरुलाई निम्तयाएको थियो । जेसीसले यस अघि पनि यस्तै कार्यक्रम गर्दै आएको थियो । आफ्ना चुनावी एजेण्डा र मतदाताहरुको प्रश्नको जवाफ दिन दुवै अध्यक्ष पदका उम्मेदवारलाई औपचारिक निम्तो दिइएपनि आउने बाचा गरेका चुन्ना आखिर किन आएनन् ? अहिले मतदाताको मनमा जिज्ञाशासँगै अनेकन शंका समेत उव्जीएका छन् । साामाजिक संस्थाका रुपमा स्थापीत जेसीस जस्तो संस्थाको कार्यक्रममा उपस्थित नहुनुले आयोजक मात्र हैन, उद्योगी व्यवसायी र आममतदातालाई पनि चुन्नाले विश्वासघात गरेको प्रतिक्रिया आएको छ । जव की साझा प्रजातान्त्रिक उद्योगी व्यसायीका अध्यक्षका प्रत्यासी ललीत रौनियार सोही कार्यक्रममा निर्धक्कका साथ मतदाताको प्रश्न सुन्ने र जवाफ दिनमा तल्लीन थिए । अध्यक्षका प्रत्यासीलाई प्रत्यक्ष सवाल गर्न र जवाफ पाउन आतुर मतदाता चुन्ना नआएपछि निराश मात्र भएनन्, सीमीत मतदातामाझ समेत प्रस्तुत हु्न नसक्नेले व्यवसायिक हकहितका सवाल र मुद्धालाई कसरी उठान गर्लान र ? भन्ने प्रतिक्रिया समेत व्यक्त गरिरहेका छन् । सार्वजनिक समारोह र मिडीयामा बोल्न समेत नसक्ने आरोप खेपीरहेका चुन्ना आजको कार्यक्रममा उपस्थित नहुनुले त्यसलाई थप पुष्टि गरेको छ । मतदातामाझ अन्तरक्रिया गर्न नआउनु भनेको समावेशी प्यानल र चुन्नाकोे मनोवल खस्किदै गएको प्रमाणित गर्नु सरह हो –प्रत्यक्ष सहभागी एक जनाले भने । तस्बिर ।मनोज तिवारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x