१६ बैशाख २०८३, बुधबार

कपिलवस्तु ३ मा अभिषेक शाह बिजयी

एसीपी संवाददाता

२३ फाल्गुन २०८२, शनिबार १८:२० मा प्रकाशित

कपिलवस्तु । प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह विजयी भएका छन्।

नेपाली कांग्रेसका नेता अभिषेक प्रताप शाह २०८२ काे निर्वाचनमा २३५३५ मत ल्याई पाँचौ पटक सांसद पदमा निर्वाचित हुनु भएकाे छ।
महाराजगञ्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकाको मतगणना सम्पन्न भएपछि शाहले कुल २३ हजार ५३५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले १८ हजार ८९० मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार विरेन्द्र कनोडियाले १४ हजार ७६३ मत प्राप्त गरेका छन्।

अभिषेक प्रताप शाहले आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रकाश रजौरियालाई ४ हजार ६४५ मतको अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उक्त क्षेत्रमा मतगणना सम्पन्न भए पनि औपचारिक नतिजा सार्वजनिक गरिएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x