कर महगीका कारण जनता मर्कामा,सरकारको खुक्लो हुँदै रास्ट्रवादको नारा

माघ ४;गते – बिचार / मनोज तिवारी । पहिले राष्ट्र त्यसपछि समाज फेरि परिवार र सबैभन्दा पछि आफुलाई हेर्ने प्रवृत्तिका मान्छे पहिले पहिले यहीँ आफ्नै गाउँ ठाउँ र हाम्रै माझमा प्रशस्त रुपमा देखा पर्दथे र हुन पनि गर्द्थे । राष्ट्र र समाजका लागि जे पनि गर्न सक्ने यहाँ सम्मकी ज्यानको आहुती दिनुपर्यो भने अलिकति पनि न हिच्किचाई हाँसि हाँसि ज्यान पनि दिन तयार हुने गर्द्थे तर यो के भो,कहाँ गए त राष्ट्र र समाजका प्रगतिका लागि कदम चाल्ने ती पाइला र ती महान ब्याक्तित्व ।
ओहो! म पनि कस्तो बिचार पालेर बसिहाले,बरु पहिले भन्दा आज भोलि सहज रुपमा दिन दिनै भेट भै नै रहन्छ राष्ट्रवाद र समाजवादका नारा बोकि हिड्ने र गाथा गाउँदै हिड्ने ती महानुभावहरु सङ, मंच होस य पत्र-पत्रीका,रेडियो होस य टेलिभिजन चारै तिर राष्ट्रवाद कै कुरा चलिरहने गरेको पाइन्छ । चर्चा परिचर्चा चलिरहदाँ एक अर्का भन्दा अगाडी देखाउन खोज्ने ती महान ब्यक्तित्वका अभिव्यक्तिबाट हाम्रो राष्ट्र पनि प्रगतिशील राष्ट्रको सुचिमा उभिएको आभास हुनाथाल्छ र अब चाडै यी आखाले देखेका सपना साकार हुने बिश्वास पलाउँछ। सायद यसैले गर्दा त होला नि हाम्रो देशमा ६ ६ महिनाको लागि हुने सरकार आज दुई तिहाई बहुमतिय मजबुत र बलियो सरकार भएर बसेको छ।अब आम जनतालाई ठुला ठुला सपना देखएर बिश्वास जित्न सफल भएका महानुभावहरु यिनै राष्ट्रवादका कुराले गर्दा त हो,जे होस आज पनि वहाँहरु त्यसतो राष्ट्रवादका कुरा गर्दा थाक्नु भएको छैन तर वहाँहरुलाई थाहा हुनुपर्यो कि कुराले मात्र केही हुदैन त्यसलाई ब्यहारमा उतार्नुका साथै कार्यनयन गर्नुपर्दछ।
राष्ट्र भनेको जनता हुन र जनता भनेको राष्ट्र,यदि जनता सुखी छैन भने राष्ट्र कसरी समृद्ध हुन्छ,राष्ट्रलाई समृद्ध बनाउने नारा नारा मै सिमित रहने हो कि जस्तो लाग्न थालेको छ।राष्ट्रवादको नारा घन्काउने ती महान योद्धाहरु केन्द्र देखि गाउँ गाउँ सम्म मज्बुतिका साथ बसेपनी आम जनताको परेसानी बाहेक अरु कुनै उपलब्धि देखा नपर्नु र सँका उपसँको हुँदै गैरहेको छ।राष्ट्रलाई समृद्ध बनाउने कुरा गर्नेहरु आफू मात्रै समृद्ध भएका छन।आम जनता त दैनिकी झन झनै जटिल भैरहेको पाइन्छ।दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धि होस वा शिक्षण संस्थाहरुको सुल्क र महगीको बिक्राल समस्याबाट राहत पाउन को सट्टा उल्टै सरकारद्वारा गरिरहेको कर वृद्धिले गर्दा आम नागरिकलाई झन मार परेको छ।महँगाइको मार खेपिरहेका जनतालाई अर्को आफ्नो सुरक्षाको पनि उतिकै चिन्ता पिरोलिएको छ।सरकारी कार्यालय वा प्रहरी प्रशासन आम जनताको समस्या बुझ्नुको सट्टा तिनका आसे पासेहरु बाट झन समस्या झेल्नुपरेको छ।हत्याहिंसा,बलात्कार जस्ता मुद्दा त समान्य भैसकेको छ भने सरकारको उदासिन्ताले न्याय ब्यवस्थामा पनि प्रश्न चिन्ह उतिकै खडा भएको छ।यो सब देख्दा मन उदास भएर जान्छ र राष्ट्रवाद बिकास र सुसासनका कुरा गर्ने ती मठाधिशहरु प्रती जनताको बिश्वास डगमगाउदै गइरहेको छ।
जब निर्वाचनको समय आउँछ तब यी नै नाराहरु घन्काएर सोझा जनताको मन जित्न सफल हुन्छन र आफुले चाहेको ठाउँमा सजिलै पुगि सत्ता र भत्ताको रस चाख्नमा ब्यस्त भइ जनता सँग गरेको बाचा बिर्सिदै आफ्नै समृद्धिमा जोड तोड का साथ लागि पर्छन । यो मेरो ब्यक्तिगत बिचार राख्न पाउने प्रजातान्त्रिक अधिकार हो ।राप्रपा नगर सहसचिव तथा जिल्लाब्यापार संगठनका – महासचिव
