१२ मंसिर २०८३, शुक्रबार
कांग्रेस काठमाडौं बसुन्धारास्थीत अस्पताललाई १० थान अक्सिजन कन्सन्टेटर सहयोग
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंवर ५ ले काठमाडौको बसुन्धारास्थीत महेन्द्र्र नारायण नीधि मेमोरियल अस्पताललाई १० थान अक्सिजन कन्सन्टेटर उपलव्ध गराएको छ ।
शुक्रबार काग्रेस सहमहामन्त्री प्रकाश शरण महत्तको उपस्थीतिमा अस्पताललाई ती सामाग्री हस्तान्तरण गरिएको हो । उक्त अक्सिजन कन्सन्टेटरबापत अस्पतालले कोरोना संक्रमितबाट कुनै शुल्क लिन नपाउने सम्झौतामा उल्लेख छ । त्यस्तै अस्पतालले अस्पतालको १० बेड काठमाडौं क्षेत्र नंवर ५ का बासिन्दालाई उपलव्ध गराउनेछ । कार्यक्रममा महत्तले कोरोना महामारीमा भएको सहयोगले संक्रमितलाई हुन सक्ने अक्सिजन अभाव नहुने विश्वास व्यक्त गर्नुभयो ।
कोरोना महामारीपछि अस्पतालले उक्त अक्सिजन कन्सन्टेटर काठमाडौं क्षेत्र नंवर ५ लाई उपलव्ध गराउने छ ।
Subscribe
Login
0 Comments


