१२ मंसिर २०८३, शुक्रबार

कार्कीको हत्यामा संलग्न अभियुक्त पक्राउ

एसीपी संवाददाता

८ भाद्र २०७८, मंगलवार ०३:३६ मा प्रकाशित

नेपालगन्ज । वाइसिएल बाँकेका संयोजक प्रकाश कार्कीकी आमा साउनी कार्कीको हत्यामा संलग्न अभियुक्तलाई इलाका प्रहरी कोहलपुरले पक्राउ गरेको छ । हत्या गरेको अभियोगमा प्रहरीले कोहलपुर नगरपालिका १२ चप्परगौडी रामजानकी टोलका ३४ वर्षीय सन्तोष कुमार थापा (चाइनिज)लाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरले आज पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न अभियुक्त थापालाई सार्वजनिक गरेको हो ।

गत श्रावण २ गते कोहलपुर नगरपालिका ११ एकता नगरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा ८२ वर्षीया कार्कीको हत्या भएको थियो । आफ्नै कोठामा सुतिरहेकी बृद्धा कार्कीको टाउकोमा धाराको हत्ताले प्रहार गरी हत्या गरिएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार सधैंजसो मादक पदार्थ, लागू औषध (गाँजा, कोरेक्स) र नाईट्रोभेट सेवन गर्ने थापाले चोरी गर्ने उद्देश्यले रातीको समयमा कार्कीको घरमा पसेको र पहिचान खुल्ने डरले बृद्धा कार्कीको हत्या गरेर फरार भएको बयान दिएका छन्  । खनालले कार्कीको हत्यामा प्रयोग भएको धाराको हत्ता, रिन्ची र पोष्टमार्टम रिपोर्टको आधारमा अनुसन्धान गर्दा अभियुक्तसम्म पुग्न सफल भएको बताउनुभयो ।

पोष्टमार्टम रिपोर्ट र प्राप्त प्रमाणका आधारमा थापाले नै कार्कीको हत्या गरेको डिएसपी खनालले बताउनुभयो । यसअघि पनि बिभिन्न आपराधिक घटनमा संलग्न रहेका थापाले कार्कीको हत्यापछि लिएर गएको सुनको गहना  भारतको रुपैडियाका राकेश बर्मालाई ७ हजार ५ सयमा बिक्रि गरेको स्विकार गरेको डिएसपी खनालले जानकारी दिनुभयो ।

खनालले थापालाई हदैसम्म कारबाहीको माग दावीसहित मुद्दा दायर गरिने बताउनुभयो । थापाकोे जेठ १० गते भरैयामा भएको सोही प्रकृतिका घटनामा समेत संलग्नता रहेको प्रहरीको भनाई छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x