३ श्रावण २०८३, आईतवार

कृष्णनगर भन्सारको गम्भीर लापरबाही? क्वारेन्टाइन चेकजाँच बिनै फलफूलको गाड़ी नेपाल भित्रियो

एसीपी संवाददाता

११ श्रावण २०८१, शुक्रबार २१:०२ मा प्रकाशित

कपिलवस्तु, साउन ११

प्लान्ट क्वारेन्टाइनलाई बाइपास गरेपछि कृष्णनगर भन्सार कार्यालयको अर्को काण्ड पुनः पर्दाफास भएको छ । साउन ९ गते भारतबाट आँप ल्याएका तीन ट्रकलाई कृष्णनगर भन्सार कार्यालयले क्वारेन्टाइन चेक बिनै नेपाल प्रवेश गराएको छ । जबकि क्वारेन्टाइन चेक भएपछि मात्र फलफूल, तरकारी, खाद्यान्न जस्ता कृषि उपज नेपाल भित्राउनुपर्ने कानूनी प्राबधान छ । तर कृष्णनगर भन्सारले क्वारेन्टाइन रिपोर्ट बिनै तीन वटा आँप बोकेका ट्रकलाई नेपाल प्रबेश गराएको छ ।

तीन वटा आँप बोकेका गाडी क्वारेन्टाइन चेक बिनै नेपाल प्रबेश गराएको तथ्य सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् । क्वारेन्टाइन रिपोर्ट बिनै नेपाल प्रवेश गरेका तीन वटा आँप बोकेका मिनी ट्रकलाई नियन्त्रणमा लिई कारबाही गरिएको क्वारेन्टाइन कार्यालय कृष्णनगरका प्रमुख बुद्धिराम भट्टराईले बताए ।

विषादी चेक बिनै नेपाल आउँदै गरेका ट्रकलाई भन्सारले कुन कानून टेकेर नेपाल छिर्न दियो गम्भीर अनुसन्धानको बिषय भनेको छ । पछिल्ला बर्ष भन्सारले तोकिएको राजस्व पनि उठाउन असमर्थ छ । लक्ष्य अनुसार राजस्व उठाउन नसकेको भन्सारमा राजस्व चुहावट बढिरहेको छ । क्यावरेन्टाइन छाेडपत्र बिना भित्रिएका आँप बोकेका तीन ट्रकलाई बाटाेमा समातेर कारबाही गरिएको क्वारेन्टाइन कृष्णनगरका प्रमुख भट्टराईले बताए । उनीहरुलाई प्रत्येक ट्रक ५० हजारका दरले डेढ लाख जरिवाना गरिएको उनले बताए । भन्सार हुँदै नेपाल भित्रने सबै सवारीसाधनमा चेकजाँचलाई कडाई गरिएको भट्टराईकाे भनाई छ ।

उता कृष्णनगर भन्सार कार्यालयका प्रमुख मान बहादुर पौडेलले सबै गाडीहरु जाचपास गरेर पठाइने गरेको बताए । विषादी चेक बिनै ३ वटा आपको ट्रक नेपाल भित्रिएको बारे सही जवाफ दिन नसकेपछि मिस्टेक हुन सक्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x