सानेपामा जारी केन्द्रीय कार्यसमितिकाे शनिबार बसेकाे बैठकमा नेतृ राणाले नेताहरू आफैमा बाझ्दा पार्टीलाई क्षति भइरहेकाे बताइन् । `हामी कांग्रेसमा रहेर बाहिर इम्प्रेसन दिन्छौं कि हामी बाझेकाे बाझ्यै हुन्छौं, त्याे राम्राे इम्प्रेसन हाेइन, भाेट हाम्रै काटिन्छ,´ उनले भनिन्, `काेही न काेही विभिन्न गुटकाे नेता हाेला, तर जहिले पनि आफैमा बाझ्ने पार्टी भनेर सबैतिर भाेट काटिदिरहेकाे हुन्छ, त्यसकारण त्यसाे नगरिदनुस् । तपाईंहरू आपसमा कार्यसमितिमा बस्नुस् र निष्कर्षमा पुग्नुस् ।´
प्रदेशहरूमा भइरहेका पार्टीका कार्यक्रममा देखिएकाे विवादतर्फ संकेत गर्दै केन्द्रीय सदस्य राणाले भनिन्, `हामी पटक पटक जनतामाझ गएर विभिन्न कार्यक्रम गरिरहेका छौं । कहिले कहिले कार्यक्रम गर्दा अफ्ठेराे पर्न आएकाे सुन्नमा आयाे । तर याे घरभित्रकै अफ्ठेराे भएकाले बसेर सुल्झाउन सकिन्छ । जति पनि पार्टीका सिनियर नेताहरू हुनुहुन्छ, हाम्राे लागि एकदमै महत्त्वपूर्ण हुनुहुन्छ ।´
केन्द्रीय सदस्य राणाले बालकुमारी घटनाकाे जिम्मेवार दलहरू नै रहेकाे बताइन् । मारिएका युवाकाे घरायसी अवस्था र जाँच दिन नपाउँदै ज्यान गुमाउनुपरेकाे अवस्थाले आफू दुखी भएकाे भन्दै उनले सरकार गम्भीर बन्नुपर्ने बताइन् । जहिले पनि केही हुँदैन भनेर निराशाकाे भाष्य बनाउने भन्दा आशा जगाउने काम गर्नुपर्ने उनकाे भनाइ थियाे ।
सांसद राणाले विधेयकहरूमा संशाेधन हाल्दा पार्टीको नीति र संविधान अनुरूप हाल्न सांसदहरूलाई सुझाव दिइन् ।
कृषि समिति सभापतिसमेत रहेकी राणाले केन्द्रीय समिति बैठकमा कृषिकाे बजेट न्यून रहेकाेमा पनि असन्तुष्टि जनाइन् । रेमिट्यान्स पछि मुलुककाे अर्थतन्त्रमा टेवा पुर्याइरहेकाे कृषिमा लगानी बढाउनुपर्ने, किसानले उत्पादन गरेकाे वस्तुले सहज बजार र सुपथ मूल्य पाउने वातावरण बनाउन ध्यानाकर्षण गराइन् ।
युवा पलायन भइरहेका बेला कृषिमा आकर्षण हुनेगरी रणनीति बनाउनुपर्ने उनकाे भनाइ थियाे । अबकाे ५/१० वर्षमा देशमा युवा नहुने, सबै बाहिरी देशले लगिसक्ने भन्दै उनीहरू बस्ने वातावरण बनाउन जरूरी रहेकाे बताइन् ।
नेतृ राणाले मन्त्रीले काम गर्न नसक्नुमा कर्मचारीतन्त्रकाे पनि भूमिका रहेकाे बताइन् । `कांग्रेसका मन्त्रीसँग कर्मचारी मुभ हुँदैनन् । गाउँपालिका/नगरपालिकामा पनि उस्तै हालत छ,´ उनले भनिन् । यसमा गम्भीर रूपमा साेच्नुपर्ने उनकाे भनाइ छ । `सुशासन नै नहुने, केही नहुने खालकाे देश बनाउनु भएन । कर्मचारी युनियनकाे ओचित्यमाथि पनि विमर्श हुन जरूरी छ,´ उनले भनिन् ।
केन्द्रीय सदस्य राणाले राष्ट्रिय सभामा देशलाई नेतृत्व गर्न सक्ने सक्षम र सम्मानित व्यक्तिहरू जानुपर्ने बताइन् । `राष्ट्रिय सभा भनेकाे जुनसुकै देशमा नेतृत्वमा गइसकेकाे, देशलाई हाँक्न सक्ने मान्छेहरू जम्मा हुने ठाउँ हाे,´ उनले भनिन् ।
नेतृ राणाले केन्द्रीय समिति नियमित बस्दा पार्टीले गति लिने पनि बताइन् । `छिटाे छिटाे बस्दा खुसी लागेकाे छ । यसबाग पार्टीले स्पिड लिएकाे जस्ताे लागेकाे छ । यसलाई राम्राे लक्षणकाे रूपमा लिएकाे छु,´ उनले भनिन् । नेपालपाना