केपि ओलिका विरुद्ध को को नेता ओर्लिए मैदानमा
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लड्न गठबन्धन बनाएका छन् पाँच नेताले । जसमा एमालेकै माधव नेपाल पनि साथ दिन पुगेका छन् । तर लडाई भने जित्न सकेका छैन । ओलीले केही कदम चालिहाल्छन कि भनेर त्रासमा छन् ।
यस्तोमा आइतवार राती प्रधानमन्त्रीका दाबेदार शेरबहादुर देउवाको निवासमा पाँचै नेता भेला भएका छन् । ओलीले केही कदम चालिहाले कसरी जाने भनेर उनीहरुबिच परामर्श भएको नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेसका सभापति देउवा, एमाले वरिष्ठ नेता नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराई देउवा निवास बुढानिलकण्ठमा भेला भएका हुन् । भेलामा ओलीको कदमलाई कसरी रोक्नेबारे छलफल भएको बुझिएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम, प्रदेशको विकशित अवस्था र एमालेभित्रको राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताइएको छ । नेताहरुले एमाले मिल्न नदिन र फुटाउन पछिल्लो समय सम्वाद बढाएका छन् । नेपालपाना


