१२ मंसिर २०८३, शुक्रबार

केपि ओलि सरकारको अर्को बोल्ड निर्णय झस्किए प्रचण्ड

एसीपी संवाददाता

१७ असार २०७८, बिहीबार ०२:२० मा प्रकाशित

काठमाडौं। सरकारले अर्को बोल्ड निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले वीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा थप गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता बसन्त नेम्वाङले यो निर्णय भएको जानकारी दिए ।

भक्ति थापा ७३ वर्षको उमेरमा सन् १८७८ मा नेपाल अंग्रेज युद्धमा देउथलको लडाईंको नेतृत्व गरेका थिए । देउथलमा अंग्रेज विरुद्ध तरबारसहित तीनसय सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर मृत्यु भएको थियो । नेपाल-अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए ।

अंग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओडाएर सम्मानकासाथ अमरसिं थापालाई बुझाएको इतिहास छ । थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग उठ्दै आएको थियो ।

तर क्रान्तिकारी भनिने प्रचण्डहरुले नेपाल एकीकरण इतिहास भएका पृथ्वीनारायण शाहकै इतिहास मेटाउन खोजेको बेला ओली सरकारले यस्तो राष्ट्रवादी निर्णय लिएको हो । यो निर्णयले राष्ट्रवादी शक्ति खुसी भएका छन् ।

यो निर्णयसँगै नेपालका राष्ट्रिय विभूतिहरूको संख्या १७ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x