१३ मंसिर २०८३, शनिबार
कोइरालाद्वारा १४औं महाधिवेशनमा सभापति पदका लागि आफ्नो प्रचार सुरु गरे
२४ गते मङ्सिर २०७८ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापति पदका लागि आफ्नो प्रचार सुरु गरेका छन् ।
संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइराला बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो प्रचार शुरु गरेका हुन् । उनले सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियानको पोष्टर शेयर गरेका छन् ।
मंगलबारदेखि साझा उम्मेदवार तय गर्ने विषयमा इतर पक्ष छलफल भइरहेपनि सहमति हुन सकिरहेको छैन । प्रकाशमान सिंह र शेखरबीच सहमति हुन नसक्दा रामचन्द्र पौडेल चिन्तित छन् । तीनैजना आजको केन्द्रीय समिति बैठकमा पनि उपस्थित भएनन् ।
Subscribe
Login
0 Comments


