१२ मंसिर २०८३, शुक्रबार

कोरोना महामारीले पाकिस्तानमा पनि आतंक मृत्यु दर ९ % भन्दा माथि

एसीपी संवाददाता

२२ श्रावण २०७८, शुक्रबार ०५:२१ मा प्रकाशित

करिब तीन महिनापछि बिहीबार गरिएका परीक्षणले कोभिड संक्रमण दर नौ प्रतिशत भन्दा बढी देखाएपछि पाकिस्तानमा कोरोना भाइरस स्थिति खराब बन्दै गएको पुष्टि भएको छ । पाकिस्तानी समाचार संस्था न्यूज इन्टरनेशनलका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमूनामा पाकिस्तानको कोभिड–१९ संक्रमितको दर ९.०६ प्रतिशत रहेको छ ।

‘नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर’ (एनसीओसी) कोे तथ्यांकअनुसार उक्त अवधिमा कम्तीमा ६२ हजार ४६२ व्यक्तिको रगतको नमूनामार्फत् कोभिड–१९ परीक्षण लिइएको थियो ।

पाकिस्तानमा यो भाइरसको चौथो लहर फैलिरहँदा दैनिक संक्रमित, मृत्यु र हाल सक्रीय बिरामीको सङ्ख्यामा तीव्र वृद्धि भएको तथ्याकंले देखाएको छ । यो २४ घण्टाको अवधिमा पाकिस्तानमा कोभिड-१९ संक्रमित ६० जनाको मृत्यु भएको छ र यससँगै पाकिस्तानमा कोभिड-१९ संक्रमित २३ हजार ६३५ जनाको मृत्यु भएको छ ।

देशभरि सक्रिय संक्रमितको संख्या ७७ हजार ४०९ रहेको भने हालसम्म १० लाख ५३ हजार ६६० व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ । यिमध्ये नौ लाख ५२ हजार ६१६ जना निको भइसकेका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x