१२ मंसिर २०८३, शुक्रबार

कोरोना संक्रमणका देशको अवस्था भयाभय बन्दै , बिहिवार देशमा ९ सय ७० जना सन्क्रमित

एसीपी संवाददाता

२३ बैशाख २०७८, बिहीबार १३:०६ मा प्रकाशित

नेपालमा बिहीबार थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ६८ हजार ५ सय ८० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार पाँच सय २९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप दुई हजार सात सय ७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म दुई लाख ९२ हजार ४ सय ९० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल ७२ हजार ५६१ सक्रिय संक्रमित आइशोलेशनमा र ३१४ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २५ लाख ७८ हजार ४१८ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x