१४ मंसिर २०८०, बिहीबार
कोहलपुर नगरपालिका १२ का वडा अध्यक्षको शव भारतमा फेला परेको छ

१पुस, बाँके
कोहलपुर नगरपालिका वडा नं १२ का वडा अध्यक्षको शव भारतमा फेला परेको छ ।

कोहलपुर नगरपालिका वडा नं १२ का वडा अध्यक्षको शव भारत उत्तरप्रदेश बहराइच जिल्लाको शंकर होटलमा मृत अवस्थामा फेला परेको छ ।
‘वडा अध्यक्ष कृष्णबहादुर खड्काको शव बहराज जिल्लामा फेला परेको भन्ने खबर नगरपालिकामा आएको छ, सो कुरा बुझ्नलाई नगरपालिकाको टोली बहराइच गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिनुभयो।नगरपालिकाको बहराइच गएको टोलीले सम्पर्क गरेपछि सवै कुरा केही बेरमा थाहा हुने चन्दले बताउनु भयो।
Subscribe
Login
0 Comments