८ कार्तिक २०८१, बिहीबार

कोहलपुर महोत्सवमा , राजु परियार र रामजि खाँड आउने

एसीपी संवाददाता

२९ पुष २०७६, मंगलवार ०६:३६ मा प्रकाशित

कोहलपुरमा जारी तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सवको छैठौं दिन भोली मंगलबार चर्चित गायक राजु परियार, रामजि खाँड, पुर्ण कला बि.सि र चर्चित मोडल अञ्जली अधिकारी आउने भएका छन ।
महोत्सव कला साँस्कृति उपसमितिका संयोजक रामु लम्सालका अनुसार महोत्सवको छैठौं दिन मंगलबार चर्चित राष्ट्रिय कलाकार कोहलपुर आउन लागेका हुन । राष्ट्रिय कलाकारका साथै स्थानिय कलाकारको समेत धमाकेदार प्रस्तुती दिने लम्सालले बताए ।
महोत्सवको पाँचौं दिन सोमबार अशोक दर्जि, टंक बुढाथोकि र एआर बुढाथोकीले कोहलपुरको माहोल तताएका छन । सामुहिक रुपमा प्रस्तुती दिदैं आएका उनिहरुले आफ्ना चर्चित गित मार्फत कोहलपुरका दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । महोत्सवमा नृत्याङ्गना दिपासा बिसीले धमाकेदार प्रस्तुती दिएकी थिईन ।
माघ ५ गतेसम्म संचालन हुने महोत्सवमा थारु गाँउका साथै घरेलु उत्पादनका स्टलहरु समेत प्रमुख आकर्षणमा रहेको आयोजकले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x