१५ भाद्र २०८३, सोमबार

क्यानडाद्वारा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता

एसीपी संवाददाता

१६ श्रावण २०८२, बिहीबार ११:५२ मा प्रकाशित

ओटावा, क्यानडा — क्यानडा सरकारले ऐतिहासिक कदम चाल्दै प्यालेस्टाइनलाई स्वतन्त्र र सार्वभौम राष्ट्रको रूपमा आधिकारिक मान्यता दिएको छ। यस घोषणाले अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ तरंग ल्याएको छ भने मध्यपूर्वमा शान्ति स्थापनाको प्रयासलाई थप सशक्त बनाएको छ।

क्यानडाली विदेश मन्त्रीले वक्तव्य जारी गर्दै भने, “प्यालेस्टिनी जनताको स्वतन्त्रता, स्वाधीनता र मानव अधिकारको सम्मान गर्दै हामीले प्यालेस्टाइनलाई एक स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने निर्णय गरेका छौं।”

यो निर्णयले क्यानडालाई ती मुलुकहरूको सूचीमा राखेको छ जसले द्विराष्ट्र समाधानको समर्थन गर्दै इजरायल र प्यालेस्टाइन दुबैलाई स्वतन्त्र, सुरक्षित र सुसंस्कृत राष्ट्रका रूपमा स्वीकार गर्ने नीति अँगाल्छन्।

मानव अधिकारवादी संघसंस्थाहरू र विभिन्न मुस्लिम राष्ट्रहरूले क्यानडाको यस निर्णयको स्वागत गरेका छन्। यसले गाजामा भइरहेको मानवीय संकट र दशकौं लामो संघर्षलाई समाधान गर्ने दिशामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

यद्यपि इजरायली सरकारको तर्फबाट यस निर्णयप्रति असन्तुष्टि जनाइएको छ।

अन्तर्राष्ट्रिय समुदायले क्यानडाको निर्णयलाई ऐतिहासिक र साहसी कदमको रूपमा लिएको छ।

✍️  नुर मोहम्मद अन्सारी एसीपी न्युज नेपाल ( पत्रकार ) Noor Mu Hammad Ansari ACP News Nepal Journalist

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x