गत निर्बाचनमा हिन्दु हाबी थिए भने यस पटक मुसलमान हाबी – रौनियार
ललित रौनियार , नेपालगन्ज =
म बांके क्षेत्र नम्बर दुई को मतदाता महानुभावहरु संग क्षमा प्रार्थी छु कि हामीले नेपाली कांग्रेशबाट अगाडि सारेको उम्मेदवार सुधांशु कोईराला लाई बिजयी बनाउन सकेनौ।मतको परिणामलाई हेर्ने हो र जिब्रो नचपाएर बोल्ने हो भने बांके क्षेत्र न.२को निर्बाचनमा बिचार भन्दा धर्म हाबी हुन्छ।
गत निर्बाचनमा हिन्दु हाबी थिए भने यस पटक मुसलमान हाबी रहे।सदभावको शहर भन्दै गर्दा यस्तो प्रबृतिले कहिल्यै सदभाव कायम हुदैन र यसरी चुनाव जितेकाहरु कहिल्यै पनि सर्ब स्बिकार्य बन्न सक्दैनन।यसको प्रमाण धवल शमसेर राणा हुन,उनि न हिन्दुका रहे न मुसलमानका यो कुरा मत परिणामले देखाई सक्यो।
मेरो अनुरोधलाई स्बिकार गरि नेपाली कांग्रेशलाई मत प्रदान गर्ने सबै प्रति म हृदय देखि आभार ब्यक्त गर्दै पहिलै जस्तै तपाईहरुले खोजेको बेला उपलब्ध रहने बाचा गर्दछु।
मेरो बिचारमा अब नेपाली कांग्रेशलाई पुनर्संरचना गर्ने बेला आएको छ।पार्टीलाई कब्जा गर्ने होईन काम गर्ने नेताको आवश्यकता छ।पार्टीको हार को पनि निर्मम समिक्षा हुन जरुरी छ।
१)दललाई आफ्नो प्रा.लि. सम्झनेहरु लाई ठुलो चोट।
२) “बदल्यौ कांग्रेश बदल्छौ देश”कांग्रेश २.० शब्द मै सिमित,
ब्यवहारमा लागु नभएको।
३) पुराना दलहरुको संरचनामा सामाजिक न्यायको सिद्दान्तलाई
लत्याईएको।
४)युवाहरुमा पुराना दलहरु प्रति तीब्र असन्तुष्टि।
५) पुराना दलहरुमा संगठन कब्जा गर्ने, अवसर लिने तर काम नगर्ने
प्रबृति हाबी
६) पुराना दलहरु भुई मान्छेको समस्यालाई कहिल्यै प्राथमिकतामा
नराख्नु।
७) जनता पुराना दलहरुको स्वेच्छाचारी र सत्तामुखी राजनितिलाई
अस्बिकार गरेको।
यिनै बितृष्णाबाट जन्मिएका नया भनाउंदा दललाई अब
जनताले उनिहरुले भने अनुसार प्रचण्ड बहुमत दिएर देशको प्रमुख कार्यकारी पदमा पठाएका छन। उनिहरुलाई अब कुनै बहानामा मुद्दाबाट पछि हटने छुट हुने छैन।देशले परिवर्तन,सुशासन,सम्पत्ति शुद्दीकरण, भ्रष्ट नेता तथा कर्मचारीहरुको सम्पत्ति छानबिन,संबिधान संशोधन तथा संघियतालाई बलियो बनाउंदै प्रदेश सरकारलाई जिम्मेवार बनाउंने ठुलो जिम्मेवारी छ।



