२२ फाल्गुन २०८२, शुक्रबार

गुलजार–ए–अदब’को ५ सय ९५ औँ मासिक गजल गोष्ठी सम्पन्न ।

एसीपी संवाददाता

२५ माघ २०८२, शनिबार २१:५६ मा प्रकाशित

अमन अन्सारी ।
नेपालगञ्ज, माघ २४ । नेपालगञ्जको  उर्दू साहित्यिक संस्था गुल्जार–ए–अदबकाे  ५सय९५औँ मासिक गजल  गोष्ठी श्रृंखला कार्यक्रम अदबका सल्लाहकार सैय्यद अशफाक रसुल हाश्मीकाे अध्यक्षतामा सम्पन्न भएको छ ।
नेपालगञ्जकाे महेन्द्र पुस्तकालयमा सम्पन्न भएकाे ‘मुझे जिन्दगी से गिला नही, जाे गुजर गई साे गुजर गई’ शिर्षकमा  नेपालगञ्जका स्थापित शायरहरूले आफ्ना गजलहरू प्रस्तुत गरेका थिए ।
शायरहरू सैय्यद अशफाक रसुल हाश्मी “सैय्यद नेपाली” मुस्तफा अहसन कुरैशी ‘अहसन’, डा. जैनुल आब्दीन, मेराज अहमद “हिमालय”, आशिम सरवर, मोहम्मद आरिफ अन्सारी, नुरुल हसन राई ‘नूर’, राशिद कमाल हल्वाई लगायतले आफ्नो गजल वाचन गरेका थिए ।
कार्यक्रममा लुम्बिनी वांगमय प्रतिष्ठान बाँकेका उपाध्यक्ष चन्द्रावती अधिकारी लगायत विशेष व्यक्तित्वहरुकाे उपस्थिति रहेको थियो ।
कार्यक्रमकाे सञ्चालन गुल्जार-ए-अदब, नेपालका महासचिव माेहम्मद आरिफ अन्सारीले गर्नु भएकाे थियाे । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x