चितुवाको छाला सहित दुई जना पक्राउ
पाल्पा ।पाल्पामा प्रहरीले चितुवाको छाला सहित २ जनालाई पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेश अनुसन्धान समूह (RIT) पाल्पा प्रहरी चौकीको सयुक्त टोलिले चितुवाको छाला सहित पाल्पा रिव्दीकोटका २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका ब्याक्तीहरु लु ३७ प ४४४ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए । दुबै जना चितुवाको छाला सहित पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा रिब्दीकोट ७ बस्ने बर्ष ४२ का विष्णु बहादुर खत्री र सोही स्थानका जमिल मियाँ रहेको प्रहरीले जनाएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु बाट चितुवाको छाला कहाँबाट ल्याएको यसमा अन्य सलग्न रहेका ब्याक्ती कोई छन कि भन्ने विषयमा खोजबिन भइरहेको छ । अहिले अपराधिक क्रियाकलाप माथि अन्कुस लगाउने उद्देश्य लिएर लुम्बिनी प्रदेश अनुसन्धान समूह ( RIT ) निकै सक्रिय हुँदै आएको छ ।


