१२ मंसिर २०८३, शुक्रबार

चिनले प्रदुषणको रिपोर्ट सत्यतथ्य लुकाएको आरोप

एसीपी संवाददाता

७ असार २०७८, सोमबार ०६:५६ मा प्रकाशित

वासिंवगटन । चीनले प्रदुषणको मात्रा लुकाउने गरेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

चीनमा स्थानीय अधिकारीहरुले प्रदुषणको सहि मात्रा लुकाएको हुन सक्ने हावार्ड र बोस्टन विश्वविधालयका अनुसन्धानकर्ताहरुले बताएका छन् ।

चीनका पाँच शहरहरु बेइजिङ सेन्याङ, सांघाई, गन्जाउ र चेंग्दू मा स्थानीय अधिकारीहरुले प्रदुषणबारे संकलन गरेको तथ्यांक अमेरिकी किायले गरेको तथ्यांक भन्दा फरक पाइएको अध्ययनले देखाएको छ ।

चीनमा फोक्सो क्यान्सर, दम र मुटु रोगलाई असर पार्ने पीएम २ दशमलब ५ जस्ता कण भेटिएको हावर्ड विश्वविधालयका जेसि टुरिएल र बोस्टन विश्वविधालयका रोबर्ट कोफम्यान अनुसन्धानकर्ताहरुले बताए ।

चिनियाँ र अमेरिकी निकायले सन् २०१५ जनवरि देखि २०१७ जुन सम्म गरेको अध्ययनमा यो कण देखिएको अनुसन्धानकर्ताहरुले बताए । यधपी यो कण र प्रदुषणको मात्रामा दुई अध्ययनहरुमा भिन्नता पाएको अनुसन्धानकर्ताहरुले बताएका छन् । चिनियाँ अधिकारीहरुले प्रदुषणको मात्रा कम देखाएको अनुसन्धानमा देखिएको बताइएको छ ।

विश्वमा सबैभन्दा धेरै कार्बन चीनमा उत्पादन हुने गर्दछ । एजेन्सी मार्फत

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x