१२ मंसिर २०८३, शुक्रबार

चिनियाँ टिकटकमा अस्लिल भिडियोका कारण चौथो पटक पाकिस्तानमा प्रतिबन्धित

एसीपी संवाददाता

७ श्रावण २०७८, बिहीबार ०४:५१ मा प्रकाशित

एजेन्सी । भिडियो सेयरिङ एप टिकटकमाथि पाकिस्तानमा पुनः प्रतिबन्ध लगाइएको छ। अनुचित सामग्रीलाई प्रश्रय दिएको भन्दै पाकिस्तानको दूरसञ्चार नियामक निकायले बुधबार चौथोपटक प्रतिबन्ध लगाएको हो।

‘सो प्लेटफममा नियमित रूपमा अनुचित सामग्री प्रसारण भएको र त्यस्ता सामग्री हटाउन असफल भएकाले यस्तो कदम उठाइएको हो,’ एक विज्ञप्ति जारी गर्दै नियामक निकायले बताएको छ।

अनुचित सामग्रीलाई हटाउन नसकेको भन्दै पाकिस्तानमा यसअघि पनि तीनपटक टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो। पाकिस्तानमा टिकटकका लाखौँ प्रयोगकर्ता छन्। तर, यसले नग्नता, एलजिबिटिक्यूजस्ता अनुचित सामग्री नहटाएको भन्दै मुस्लिम राष्ट्रहरूमा निकै विवादास्पद बन्दै गएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x