१२ मंसिर २०८३, शुक्रबार

चिनियाँ ठेकदारका ४ वटा गाडी प्रहरीको नियन्त्रणमा

एसीपी संवाददाता

५ असार २०८१, मंगलवार ०९:३७ मा प्रकाशित

कावासोती नगरपालिका वडा नं. १६ स्थित केरूंगे खोलाबाट नदीजन्य पदार्थ अनधिकृत रूपमा निकासी गर्न लागेको भन्दै नेपाल प्रहरीले नियन्त्रणामा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

शनिवार बिहान ११ बजेतिर खोलामा उत्खनन गर्दैगर्दा कावासोतीबाट खटीएको प्रहरीले ति सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ । नारायणगढदेखि बुटवलसम्मको १ सय १५ किलोमिटर सडकखण्डको काम गर्दै आएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनको ३ वटा टिप्पर र एउटा जेसीबी नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सवारी साधनहरू लु १ अ.यो. ३२, लु १ अ.यो. २६ र ना ६ ख ६७३५ नं. का ३ वटा टिपर र बा ३ क ८०२६ न.को जेसीबी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कावासोतीका सूचना अधिकारी डीएसपी बेद बहादुर पौडेलले नियन्त्रणमा लिइएका ती सबै सवारी साधनहरू हिजो बिदा परेकोले आज आइतवार कावासोती नगरपालिकालाइ बुझाउने तयारी भएको बताउनुभयो । सिद्धार्थअनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x