चिनियाँ डिजाईनमा देशको राजनीति केपि ओलि , र: एजेन्सि बिच फेक सम्झौता सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त गोयलबिच ४ बुँदे सहमति भएको समाचार एकाएक विहीवार सार्वजनिक भयो । त्यो पनि दुबैको हस्ताक्षर भएको पत्रसहितको समाचार । पहिलो कुरा त खुफिया एजेन्सीको मान्छेले हस्ताक्षर गर्ने संसारमा कहि पनि चलन छैन । खुफिया एजेन्सी भनेकै सतहमा नदेखिने र भित्रभित्रै मिसन सफल पार्ने निकाय हो । दोस्रो कुरा प्रधानमन्त्रीले सम्झौता गर्ने भए खुफिया एजेन्सीका दूतसँग किन गर्थे । सिधै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै गर्थे ।
यस्तो संम्देनशील विषयमा यति हल्का हिसाबले सहमति हुने र त्यो पनि सार्वजनिक हुने कल्पना नै गर्न सकिँदैन ।
यति सानो कमन सेन्ससमेत नराखी फेक विज्ञप्ति निर्माण गरियो र हस्ताक्षर समेत राखियो । अर्को कुरा खुफिया एजेन्सीको मान्छेको हस्ताक्षर सार्वजनिक रुपमा नै पाइँदैन । यी यस्ता कुराहरु ख्याल नगरी हचुवाका भरमा तयार पारिएको नक्कली सम्झौतापत्रको पोल खुलेको छ ।
बालुवाटारका मान्छेको कुरा मान्ने हो रअ प्रमुखले शीर निहुराएर भारत सरकारका तर्फबाट ओलीसँग माफी मागेका थिए । तपाईजस्तो क्लियर प्रधानमन्त्री आजसम्म नेपालमा थिएन भनेर प्रशंसा गरेका थिए । तर पछिल्लो परिस्थितिमा ओलीलाई जसरी पनि सत्ताबाट हटाउन लागिपरेको माओवादी केन्द्रले प्रधानमन्त्रीको राष्ट्रवादी छवि ड्यामेज गर्न नक्कली सम्झौतापत्र बनाएर भ्रम छर्न खोजेको खुलेको छ।
नेपालका लागि उत्तरी छिमेकी चिनियाँ राजदूत होउ यान्छीको ग्राण्ड डिजाइनमा माओवादी केन्द्रले यो पत्र तयार पारेको खुलेको छ । माओवादी निकट उच्च स्रोतका अनुसार चिनियाँ राजदूत र प्रचण्डको स्वार्थ मिलेपछि यो फण्डा चालिएको हो । राजदूतको डिजाइन र प्रचण्डको निर्देशनमा वर्षमान पुनको सचिवालयले तयार पारेको फेक डकुमेन्ट भएको स्रोतको भनाई छ ।
यो सम्झौतापत्र प्रकाशन गर्ने ‘उज्यालो नेटवर्क’ अल न्युज नेटवर्क प्रा.लिले सञ्चालन गरेको अनलाइन हो । यसका प्रधान सम्पादक बुद्ध लोप्चन हुन् माओवादी नेता एवं पूर्व कानुन मन्त्री अजयशंकर नायकका प्रेस सल्लाहकार रहिसकेका छन् । उनी अहिले बर्षमान पुन निकट मानिन्छन् ।
त्यसो त सम्झौतापत्रले नै आफै नै नक्कली हो देखाउँछ । डकुमेन्टको शिरमा अनअफिसियल ट्रान्सलेसन लेखिएको छ । यसले यो आधिकारिक डकुमेन्ट होइन भन्ने देखाउँछ । त्यसैगरी पत्रको मुन्तिर Confidential document भनेर अङ्ग्रेजीमा हातले लेखिएको छ । अनि त्यसैको मुनि Please file it properly लेखिएको छ । यी कुराले फेक बनाइएको भन्ने पुष्टि हुन्छ ।
प्रधानमन्त्री सचिवालयको खण्डन
यसंबिच प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले समाचारको खण्डन गरेका छन् । उनले विदेश मामिलाजस्तो संवेदनशील विषयमा गरिने खेलबाडप्रति सचेत हुन सबैमा आग्रह पनि गरेका छन् ।
‘भारतीय खुफिया एजेन्सीका प्रमुखसँगको सम्झौताको रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरूपयोग गरी केही अनलाइनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ। विदेश मामिला जस्तो संवेदनशिल विषयमा गरिने यस्ता खेलवाडप्रति सचेत हुन सबैमा आग्रह गर्दछु’ । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् ।
यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि राजनीतिक अन्तरसंघर्षमा राष्ट्रलाई बदनाम गराउने षड्यन्त्रपूर्ण खेल कसैले पनि खेल्न नहुने भन्दै त्यस्तो षडयन्त्रलाई प्रोत्साहित नगर्न पनि आग्रह गरेका छन् ।


