१२ मंसिर २०८३, शुक्रबार

चिनियाँ नागरिकको गैरकानुनी धन्दाको भण्डाफोर

एसीपी संवाददाता

२४ असार २०७८, बिहीबार ०८:५२ मा प्रकाशित

काठमाडौं । नेपालमा चिनियाँ नागरिकको गैरकानुनी धन्दा प्रहरीले भण्डाफोर गरेको छ ।

एटिएम ह्याकिङ प्रकरणदेखि जुवातास, वन्यजन्तु तस्करीसम्म गैरकानुनी गतिविधि प्रहरीले बाहिर ल्याइसकेको छ । संलग्न चिनियाँ नागरिकहरु धमाधम समातिरहेका छन् । यसैक्रममा बुधवार राती ठमेलबाट ५ जना चिनियाँ नागरिक समातिएका छन् ।

चिनियाँकै सञ्चालनमा रहेको होटल सिआओ सियाङबाट इलेक्ट्रिक जुवा खेलिरहेका एक महिलासहित ५ जना चिनियाँ नागरिक १ लाख २३ हजार रूपैयाँ नगदसहित समातिएका हुन् ।

महानगरीय प्रहरी वृत्त लैनचौरका अनुसार जुवा खेलिरहेको अवस्थामा रंगेहात फेला परेका उनीहरुबाट जुवातास खेल्न प्रयोग हुने विद्युतीय टेबुल, तास, प्लाष्टिकको गोटी लगायत पनि बरामद भएको छ ।

यसअघि सोमवार मात्रै ४ जना चिनियाँ नागरिक ८ लाख नगद, इलेक्ट्रोनिक जुवा सामग्री र वन्यजन्तुसहित ज्याठाबाट पक्राउ परेका थिए ।

उनीहरुमाथि अनुसन्धान चलिरहँदा थप चिनियाँको कर्तुत नेपाल प्रहरीले बाहिर ल्याएको हो । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x