१२ मंसिर २०८३, शुक्रबार

चिनियाँ युआनको द्रुत वृद्धि दिगो नहुने धारणा

एसीपी संवाददाता

५ असार २०७८, शनिबार १२:५२ मा प्रकाशित

बेइजिंग । अमेरिकी डलरको तुलनामा चिनियाँ युआनको द्रुत वृद्धि दिगो नहुने केन्द्रीय बैंकका एक पूर्व अधिकारीले बताएका छन् । आइतवार सरकारी मिडिया सिन्हुवा न्युजसँग एक अन्तर्वार्तामा उनले चिनियाँ युआन दीगो नहुने बताएका हुन् । 

युआनले मेमा १.७ प्रतिशत वृद्धि गर्दै तीन वर्षकै उच्च वृद्धि भएको छ । यसले गत हप्ता प्रति डलरको स्तरमा ६.४ को मनोवैज्ञानिक उछाल हासिल गरेको छ । तर यसको गति विस्तारै कम हुँदै गएको छ । यसले द्विपक्षीय शर्तमा एकतर्फी बेटको चिन्ताको संकेत गरेको छ । 

पीपुल्स बैंक अफ चाइना (पीबीओसी) ले शुक्रबार युआनको मिडपोइन्ट रेट ६.३८५८ प्रति डलर राखेको थियो । यो सन् २०१८ को मेपछिको सबैभन्दा बलियो दर रहेकोसमेत जनाइएको छ । 

गत वर्षको सुरुमा चीनको अर्थतन्त्रमा महामारीको कारणले आएको गिरावटबाट द्रुत गतिमा पुनः सुधार भएको छ भने युआनको लाभ धेरै हदसम्म डलरको कमजोरीसम्म पुगेको छ ।

पीबीओसीले हालका फाइदाहरूमा असुविधा नदेखाएपछि चिनियाँ इकाईमा लगानीकर्ताले आफ्नो लगानी बढाएका छन् । तर ठूला सरकारी बैंकले गत हप्ताको सुरूमै अमेरिकी डलर किनिरहेकोमा युआनको फाइदालाई तीव्र बनाउने प्रयासको रूपमा हेरिएको छ ।

पीबीओसीका सर्वेक्षण र तथ्यांक विभागका पूर्व निर्देशक शलनंग सचेलनले युआनको ओभरशटले छोटो अवधिको अनुमान लगाउने गरेको र असुरक्षित भएको बताएका छन् । यनले यसलाई दीगोरुपमा बुझ्न नहुने सुझाएक छन् । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x