१२ मंसिर २०८३, शुक्रबार

चिनियाँ नागरिकले लिएको बिजनेस भिसा , अलपत्र हुँदै नेपाली ब्यापारी

एसीपी संवाददाता

२९ श्रावण २०७९, आईतवार १२:१३ मा प्रकाशित

काठमाडौँ,  । पछिल्लो पाँच वर्षमा करिब ९ हजार चिनियाँ नागरिकले नेपालका लागि बिजनेस भिसा लिएका छन् । उद्योग विभागको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट सन् २०१७ यताको पाँच वर्षमा ८ हजार ८ सय ३९ जना चिनियाँले बिजनेस भिसा लिएका हुन् ।   यो पनि समाचार ओलीको पालामा ठेक्का पाएको बदनाम चिनियाँ कम्पनीले सडक निर्माण बर्बाद पार्यो

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नेपालमा विजनेश भिसा लिनेमा चिनियाँ नागरिक सबैभन्दा अगाडी छन् भने चिनियाँपछि कोरियाली, जापानी, अमेरिकी तथा अष्ट्रेलियन र जर्मन नागरिक रहेका छन् । सन् २०१७ मा १ हजार ५ सय ७९ , २०१८ मा १ हजार २ सय ८९ , २०१९ मा २ हजार ७ सय १३, २०२० मा १ हजार ३ सय ७४ र २०२१ मा १ हजार ३ सय ४४ चिनियाँ नागरिककले विजनेश भिसा लिएका छन् ।

चीनबाट भिसा आवेदनकमात्र नभई यो अवधिमा सबैभन्दा बढी लगानी स्वीकृतसमेत भएको छ । विभागको तथ्यांकअनुसार चीनबाट पछिल्लो पाँच वर्षमा ४९ अर्ब ९० करोड लगानी प्रतिबद्धता प्राप्त भएको छ । भारती नागरिकका लागि भने नेपालमा भिसाको आवश्यक पर्दैन । यो समाचार आजको कारोबार दैनिकमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x