१२ मंसिर २०८३, शुक्रबार

चिनियाँ सहयोग कि लगानि ; नेपालीलाई घाटा मात्र

एसीपी संवाददाता

२४ असार २०७८, बिहीबार १५:४७ मा प्रकाशित

चिनियाँ लगानी भित्रिरहदा पर्यटन व्यवासायी भने त्यति खुसि देखिदैनन् । चिनियाँ लगानीलाई पुरै सकारात्मक तरिकाले हेरिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् ।
चिनियाँ पर्यटकको संख्यामा बृद्धि भएको देखिएपनि चिनियाँ पर्यटकले बास बस्नको लागि चिनियाँ होटल र खानको लागि चिनिया खाना नै खोज्ने प्रवृति पनि उत्तिकै बढेको उनले बताए ।
‘उपत्यका तथा उपत्यका बाहिरका पर्यटकीय क्षेत्रमा चिनियाँ लगानीको होटल खुलेसँगै चिनियाँ पर्यटक अन्य होटल तथा रेष्टुरेण्टमा जान छाडेका छन्’,उनले भने । पाण्डेका अनुसार चिनियाँ पर्यटकको यस्तो व्यवहारले संख्यात्मक रुपमा पर्यटक बढाएको तर नेपाली पर्यटन व्यवसायीलाई भने त्यसको धेरै लाभ नभएको बताउँछन् ।
सहयोगबाट लगानीतर्फ मोडिदै
समृद्ध चीनका योजनाकार मानिने देङ सियाओ पिङ सन् १९७८ मा नेपाल आएका थिए । उनी त्यतिखेर चीनका उपप्रधानमन्त्री समेत रहेका थिए । पिङले नेपाल आउँदा राखेको लगानी साझेदारी प्रस्ताव नेपालले अस्वीकार गरेको थियो ।
त्यसपछि चीनले नेपालमा लगानी भन्दा सहयोग गर्न सुरु गरेको थियो । तर, पछिल्ला वर्षमा चीन सहयोगभन्दा लगानीमा धेरै रुची देखाउन थालेको छ ।
नेपालमा चिनियाँ लगानीका १ हजार ६० उद्योग भन्दा धेरै व्यवसाय दर्ता भएका छन् ।
पहिलो चिनियाँ लगानी
नेपालमा चिनियाँ लगानी आउन थालेको तीन दशक भयो । २०५४ साल पौष २१ मा तत्कालिन लाल दरबारमा चिनियाँ लगानीमा ‘कुल बिजुली पंखा’ स्थापना भएको थियो । यो उद्योगमा चाइना सिचुवान कर्पोरेसनले लगानी गरेको थियो । कुल बिजुली पंखा उद्योगले वार्षिक ४० हजार पंखा बनाउँथ्यो ।
चीनले सन् १९९० मै ‘गो ग्लोबल’ नारा मार्फत आफ्ना लगानीकर्ता र व्यापारीलाई विश्वभर फैलिन प्रोत्साहन दिएको थियो । चीन सरकारको गो ग्लोबल नारा सहित हिडेका लगानीकर्ता अहिले विश्वभर फैलिएका छन् ।
सन् २०१६ मा मात्रै चीनले विश्वभर १ खर्ब ४५ अर्ब ६७ करोड अमेरिकी डलर लगानी गरिसकेको छ । https://acpnewsnepal.com/?p=23344
सन् १९९० पछि पहिलो चरणमा चिनियाँ कम्पनीहरूले मलेसिया, म्यानमार, इन्डोनेसिया, थाइल्यान्डलगायत एसियाली मुलुकमा लगानी गर्न सुरु गरेका थिए । नेपालले खरिद गरेको हवाई जहाज थन्केको छ । अहिले कोरोना संक्रमणका बेला चिनियाँ खोप अनुदानमा आयो तर आफै हवाई जहाज बाट ल्याउदा महङो पर्‍यो एजेन्सीहरु बाट प्राप्त गरेको समाचार ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x