१२ मंसिर २०८३, शुक्रबार

चीनको दोहोरो चरितार्थ एक तिर अफगानिस्तान सङ , अर्को तिर तालिवानलाई सहयोग

एसीपी संवाददाता

२७ श्रावण २०७८, बुधबार ०३:३६ मा प्रकाशित

चीन – चिनियाँ विदेशमन्त्री वाङ यी र तालिवानका सहसंस्थापक मुल्लाह अब्दुल घानीबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार उत्तरी चीनको तिआनजिनमा भेट भएको हो ।

अमेरिकी सेना फर्किएपछि अफगानिस्तानमा लगातार आफ्नो प्रभुत्व बढाइरहेको तालिवानको एक प्रतिनिधिमण्डल चीन गएको थियो ।

चिनियाँ टेलिभिजन सिजिटिएनका अनुसार विदेशमन्त्री वाङले तालिवान प्रतिनिधिमण्डललाई ‘चीनविरोधी’ आतंकवादी संगठन इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्टसँगको सम्बन्ध तोड्न आग्रह गरेका थिए ।

भेटमा वाङले तालिवानले युद्ध बिसाएर शान्ति सम्झौतामा आउने विश्वास व्यक्त गरेको बिबिसीले जनाएको छ । उनले शान्ति सम्झौतामा आएर अफगानिस्तानको पुनर्निर्माणमा तालिवानले भूमिका खेल्नुपर्ने बताएका थिए । यो भेट अफगानिस्तान सरकार र तालिवानबीचको संघर्ष उच्च भइरहेको समयमा भएको हो ।

“तालिवानका प्रवक्ता मोहम्मद नइमले एक ट्विट गर्दै चीन भ्रमणबारे बताएका छन् । यो बैठकमा राजनीति, अर्थव्यवस्था, दुई देशको सुरक्षासँग जोडिएका विषय,अफगानिस्तानको वर्तमान अवस्था र शान्तिप्रक्रियाबारे चार्चा भयो,” मोहम्मदले ट्विटमा भनेका छन् । चीनले अफगानिस्तानको आन्तरिक मामिलामा दख्खल नदिने, तर शान्ति स्थापनाका लागि सहयोग गर्ने बताएको उनले ट्विट गरेका छन् ।

अमेरिकासँग व्यापार युद्धमा होमिएको चीनले तालिबानी नेतालाई भेट्नु अर्थपूर्णरुपमा हेरिएको छ । एकातिर चीनले अफगानिस्तानमा शान्तिको कुरा गरिरहेको छ भने अर्कोतर्फ तालिबानी नेताहरुलाई सहयोगको आश्वासन । यसअघि दोहा सम्झौतापछि पनि तालिबानी नेता र चिनियाँ राष्ट्रपतिबीच भेट भएको थियो । चीनले पाकिस्तानमार्फत तालिबानी समूहलाई सहयोग गरिरहेको आरोपसमेत लाग्ने गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x