चीनको रणनीतिक स्वार्थ भन्दा बिपरित अफगानिस्तानको नयाँ सरकार ?
- वासिङ्टन टाइम्स लेख्छ, ‘अफगानिस्तानमा तलिवानी बिद्रोहको व्याकिङ गरिरहेको चीनले उइगुर बिद्रोहीहरुलाई सहयोग नगर्ने शर्तमा मात्रै तालिवानलाई सहयोग गर्दै चीन
भदौ २५ गते शुक्रबार । अफगानिस्तानमा नयाँ सरकार गठनपछि धेरैको चासो चीनतिर देखिएको छ । तर, चिनियाँ पत्रकार तथा विज्ञले अफगानिस्तानमा चीनको हित सुनिश्चित हुने गरि उसले तालिवान सरकारसँग सम्पर्क बिस्तार गर्ने जनाएका छन् । तालिवानसँग चीनले सशर्त सम्बन्ध राख्न चाहेको उनीहरुको भनाई छ ।
‘चीनले तालिवान नेतृत्वलाई स्पष्ट भनेको छ कि उसलाई अफगानिस्तानमा उसको हित रक्षा महत्वपूर्ण कुरा हो । तालिवानलाई डिल गर्ने कुरामा चीन अफगानिस्तानको मानवअधिकार वा महिलाहरुको आधारभूत अधिकार जस्ता बिषयसँग सरोकार राख्दैन । चीन तालिवानसँग सशर्त सम्बन्ध राख्न चाहन्छ’ वासिङ्टन टाइम्सका स्तम्भरकार जियाङ् लि याङ्ले लेखेकी छन् ।
ग्लोबल टाइम्सका प्रधान सम्पादक हु सिजिनले सल्लाह दिएका छन् कि मानवअधिकार कूटनीति अमेरिकाको अस्त्र मात्रै हो । उनी भन्छन्– साउदी अरब भन्दा इरान र सिरिया बढी सेक्युलर मुस्लिम देश हुन् तर अमेरिकाले साउदी अरबको मानवअधिकार वा महिला अधिकारको बिषय कहिल्यै उठाउँदैन । अमेरिकाले इरान र सिरियाका साना समस्यामा औँला तेस्र्याएर आफ्नो हस्तक्षेपको ढाकछोप गर्दछ ।’ अमेरिकाले अरु बिषय भन्दा आफ्नो हित हेर्ने गरेको सिजिनको भनाई छ ।
‘हुन त चीनले आफ्ना देशको मानवअधिकारमा धेरै चासो नदिने हुनाले अन्य देशको मानवअधिकारमा चासो नदिएको पनि आरोप लागेको छ’ वासिङ्टन टाइम्सका स्तम्भरकार जियाङ् लि याङ्ले लेखेका छन् ।
चीनले तालिवानलाई अमेरिकासँग दुरी कायम गर्न सल्लाह दिएको हुनसक्ने जियाङ्को विश्लेषण छ । ‘चीनले तालिवानलाई स्पष्ट शर्त राखेको छ, त्यो हो चीनको रणनीतिक स्वार्थ भन्दा बिपरित अफगानिस्तानको नयाँ सरकार र कुनै पनि समूह जानेछैनन्’ जियाङ्ले भनेका छन् । ग्लोबल टाइम्सले भने अमेरिकाको असफल अफगान नीति असफलताले सिर्जना गरेको परिस्थितिलाई संगाल्नु चीनको कर्तव्य नहुने उल्लेख गरेको छ । यद्यपि ग्लोबल टाइम्सले यो पनि उल्लेख गरेको छ कि बेइजिङ्ले सतर्कतापूर्वक तालिवानी शासनलाई हेर्नुपर्छ र तालिवानसँग सम्पर्कका लागि सबै च्यानल खोल्नुपर्छ, त्यसले मात्रै अफगानिस्तानमा चीनको दीर्घकालिन हित रक्षा हुन्छ ।’
वासिङ्टन टाइम्स लेख्छ, ‘अफगानिस्तानमा तलिवानी बिद्रोहको व्याकिङ गरिरहेको चीनले उइगुर बिद्रोहीहरुलाई सहयोग नगर्ने शर्तमा मात्रै तालिवानलाई सहयोग गर्नेछ ।’


