प्रधानमन्त्रीको यो निर्णयले नेपालको ठूलो विकास साझेदार मानिने जापानले कसरी लिन्छ भन्ने अहिले कूटनीतिक वृत्तमा चासो प्रकट भएको छ । नेपालको एउटा ठूलो विकास साझेदार मुलुकले चासो जनाइरहेको कार्यक्रममा ओलीको उपस्थितिले जापान चिढिनसक्ने चिन्ता प्रकट भइरहेको छ ।
जापानले यो परेडमा सहभागी नहुन यूरोपेली र एसियन मुलुकका सरकार प्रमुखहरुलाई कूटनीतिक रुपमा अनौपचारिक सन्देश पठाएका खबरहरु छन् ।
परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा ३ सेप्टेम्बरमा हुने यो परेडमा ओली सहभागी हुने उल्लेख छ । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने मुख्य उद्देश्य भए पनि ओली बेइजिङमा पुगेर दोस्रो विश्वयुद्धका क्रममा जापानको औपचारिक पराजयको सम्झनामा आयोजना हुने परेडमा समेत सहभागी हुन लागेका हुन् । नेपालको असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको देश हो ।
जापानको क्योदो न्यूजमा कूटनीतिक स्रोतलाई उद्धृत गर्दै सरकारले युरोपियन र एसियाली मुलुकलाई ३ सेप्टेम्बरमा बेइजिङमा आयोजना हुने सैनिक परेडमा सहभागी नहुन भनेको उल्लेख छ ।अनलाइनखबर


