१२ मंसिर २०८३, शुक्रबार

चीनमा किन भागाभाग

एसीपी संवाददाता

८ श्रावण २०७८, शुक्रबार ०२:४९ मा प्रकाशित

मङ्गलवार चीनको व्यस्त सबवे अर्थात् भूमिगत रेल स्टेशनमा बाढी आएपछि हताश यात्रुहरूले भाग्ने प्रयास गरेका थिए।

अन्य केहीलाई बाढीले बगाएर प्लेटफर्मभन्दा टाढा पुर्‍याइदियो।

रेलको एउटा खण्डमा पानी छिरेर मानिसहरूको घुँडाबाट कम्मर हुँदै पछि घाँटीसम्म पुग्यो।

आत्तिएका यात्रुहरू सास फेर्न शरीरलाई माथि धकेलिरहेको देखियो भने कम उचाइका व्यक्तिहरूलाई अरूले बोकिरहेका थिए।

सामाजिक सञ्जालमा देखिएका केही भिडिओमा यात्रुहरू कुर्सीमा उभिएको र रेलको छतमा टाँसिएको देख्न सकिन्छ।

बाहिर झन् धेरै पानी रहेको थाहा नहुँदासम्म एक यात्रुले झ्याल फुटाउने प्रयास गरिरहेका थिए।

Map

केहीले अत्यासलाग्दो स्थितिको भिडिओ खिचिरहेका थिए भने केहीले सहयोग गर्न भन्दै आफ्ना नजिकका मानिसहरूलाई सम्पर्क वा सामाजिक सञ्जालमा पोस्ट गरिरहेका थिए।

“म अब थप बोल्न सक्दिनँ,” एक महिलाले सामाजिक सञ्जाल वेबोमा लेखिन्।

“बीस मिनेटभित्र उद्धार नभए सयौँको सङ्ख्यामा रहेका हामीले ज्यान गुमाउनेछौँ।”

चीन

कैयौँ घण्टाको त्रास र अनिश्चिततापछि उद्धारकार्यमा खटिएको टोली रेलको छतबाट भित्र प्रवेश गर्न सफल भयो र मानिसहरूलाई बाहिर निकाल्न थाल्यो।

“हामीले छतमा रहेको सिसा अलिकति फुटायौँ। त्यसपछि अचानक त्यहाँ हावा आयो,” नाम नखुलाइएकी एक महिलाले सरकारी प्रसारक सीसीटीभीलाई भनिन्।

चीन बाढी

जङ्जो सहरमा क्रमिक रूपमा सयौँ मानिसहरूलाई बाढीका कारण डुबेको सबवेबाट बचाउन उद्धारकर्ताहरू सफल भ

खनान प्रान्तस्थित येलो रिभरको किनारमा रहेको उक्त सहरमा एक करोड २० लाख मानिसहरू बसोबास गर्छन्।

यो बाढीमा कम्तीमा १२ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको बताइएको छ।

खनान प्रान्तमा आएको बाढी

किन आयो बाढी?

बाढीका कैयौँ कारणहरू हुन सक्छन्।

जलवायु परिवर्तनका कारण तापमान बढेको वायुमण्डलले पनि अत्यधिक वर्षाको सम्भावना बढाउँछ।

झन्डै नौ करोड ४० लाख जनसङ्ख्या रहेको खनान प्रान्तले असामान्य रूपमा सक्रिय वर्षा देखिएसँगै मौसमसम्बन्धी कडा चेतावनी जारी गरेको थियो।

जङ्जोमा विगत तीन दिनमा भएको अविरल वर्षामा उक्त सहरमा एक वर्षमा पर्ने पानीसमान रहेको बताइएको छ। बिबिसी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x