१२ मंसिर २०८३, शुक्रबार

चीनलाई जवाफ दिन ताईवान् पनि युद्ध अभ्यासमा

एसीपी संवाददाता

२५ श्रावण २०७९, बुधबार ०५:५५ मा प्रकाशित

एजेन्सी –  चीनले सोमबार ताइवानको समुद्री र हवाई क्षेत्रमा नयाँ युद्ध अभ्यास गर्ने घोषणा गरेपछि ताइवानले पनि युद्ध अभ्यास सुरु गरेको बताइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ताइवानले चिनियाँ आक्रमणबाट आफूलाई बचाउन युद्ध अभ्यास सुरु गरेको हो ।

ताइवानका आठौं आर्मी कोर्प्सका प्रवक्ता लु वोइ-जेले दक्षिणी पिङटुङ काउन्टीमा तोपखाना र हतियार अभ्यास सुरु भएको पुष्टि गरेका छन् ।

चीनको सैन्य अभ्यास आइतबार सकिने बताए पनि अमेरिकी सभामुख न्यान्सी पेलोसीको स्वशासित टापुको भ्रमणको विरोधमा थप सैन्य अभ्यासको घोषणा गरेको छ ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु छियानले ताइवान स्ट्रेटको वर्तमान तनावपूर्ण अवस्था पूर्णतया अमेरिकी पक्षले उक्साएको र सिर्जना गरेको बताएका छन्। यसका लागि अमेरिकी पक्षले पूर्ण जिम्मेवारी र गम्भीर परिणाम भोग्नुपर्ने उनको चेतावनी छ।

चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले ताइवानको टापुमा आफ्नो अभ्यास जारी राख्ने र पनडुब्बी विरोधी अपरेसन र हवाई आक्रमणमा केन्द्रित रहने बताएको छ।

अर्कोतर्फ ताइवानको विदेश मन्त्रालयले चीनले आक्रमणको तयारीका लागि अभ्यास गरिरहेको जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x