१२ मंसिर २०८३, शुक्रबार

चीनले आफ्नै नागरिक लैजान नमाने पछि चिनियाँ दूतावास विरुद्ध प्रदर्शन

एसीपी संवाददाता

४ मंसिर २०७८, शनिबार ००:५५ मा प्रकाशित

४ गते मंसिर २०७८ । लामो समयदेखि प्रयास गर्दा पनि स्वदेश फर्कन नसकेका चीनयाँ नागरिकले आफनै देशको दुतावास घेराउ गर्दै प्रदर्शन गरेका छन् ।

आफुहरुलाई स्वदेश फर्काउन अस्वीकार गरेको भन्दै उनिहरुले आफनै देशको सरकार विरुद्ध प्रदर्शन गरेका हुन ।

नेपालमा कामदार तथा पर्यटकसहित विभिन्न शीर्षकमा बसिरहेका करिव २५÷३० जना चीनियाँ नागरिक छन् । उनिहरुले स्वदेश फर्किनका लागि लामो समयदेखि प्रयास गरिरहेका छन् तर, आफै देशले वेवास्ता गर्दा सफल हुन सकेका छैनन् ।

यसैक्रममा स्वदेश फिर्तीका लागि उनीहरुले हात्तीसारस्थित चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका हुन् । इजिप्टको हाइड्रो कम्पनीका लागि काम गर्दै आएका चिनियाँहरू लामो समयदेखि काम नहुँदा पनि नेपालमै रोकिएका छन् । उनीहरूले चीन फर्किने वातावरण मिलाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

खर्च आफैले तिरेर फर्कन्छु भन्दा पनि आफूहरु फर्किन नपाएको चिनियाँ नागरिकहरुको गुनासो छ। चीनको यस्तो अवस्था देखेर नेपालीहरु भने आश्चर्य मानेर हेरिरहेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x