१२ मंसिर २०८३, शुक्रबार

चीनले किन प्रधानमन्त्री देउवालाई दिएन बधाई ?

एसीपी संवाददाता

३१ असार २०७८, बिहीबार ०१:२५ मा प्रकाशित

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै २९ असार साँझमै अमेरिकी राजदूत र्‍याण्डी बेरीले पुरानो फोटो पोस्ट्याउँदै ट्वीटमार्फत बधाई दिए ।

भारतीय राजदूत विनय मोहन क्वात्राले भोलिपल्ट अर्थात् ३० असारको बिहानै भेटेर बधाई दिए । तर, अर्को छिमेकी चिनियाँ राजदूत होउ यान्छीले भेट त गरिसकेकी छैनन्, ट्वीटरमार्फत पनि प्रधानमन्त्री देउवालाई बधाई दिएकी छैनन् ।

झण्डै २४ घण्टा बित्दा पनि चीन किन मौन बसेको होला ? अहिले कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । खासमा चीन नेपालमा वामपन्थीकै सरकारको निरन्तरता चाहन्थ्यो ।

तर, निवर्तमान प्रधानमन्त्री केपी ओली ५ कात्तिक ०७७ पछि भारतीय लाइनमा देखिन थालेपछि चीन ओलीको विकल्पमा थियो । त्यसको अर्थ, कांग्रेस उसको विकल्पमा होइन, नेकपाभित्रकै अर्को पात्रको चीनको चाहना थियो ।

हुन पनि, विगत केही वर्षयता कांग्रेस र चीनसँग दोस्तीमा त्यति सुमधुर भने छैनन् । सायद, त्यही संकेत गर्न खोजेको आकलन पनि गरिएको छ ।

चिनियाँ सत्तानिकट अंग्रेजी पत्रिका ग्लोबल टाइम्सले १० नोभेम्बर २०२० को अनलाइन संस्करणमा लेखेको थियो, ‘हु इज विहाइन्ड दी फ्याब्रिकेटेड रिपोर्ट्स प्रोभोकिङ नेपाल एग्नेस्ट चाइना ? ( चीनविरुद्ध नेपाललाई उक्साउन मनगढन्ते रिपोर्ट बनाउने पछाडि को छ ?)

त्यस लेखमा भनिएको थियो, ‘भारत पक्षधर पहिचान बनाएका नेपाली कांग्रेस र तिनका नेताले सीमा अतिक्रमणको गलत हल्ला फैलाइरहेका छन् ।’

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले यति कुरा लेख्नुको सन्दर्भचाहिँ हुम्लास्थित १२ नम्बर सीमा स्तम्भ विवादसँग जोडिएको थियो । हुम्लामा पर्ने उक्त सीमास्तम्भ चीनले अतिक्रमण गरेर नेपालतिर सारेको खुबै प्रचार भएको थियो । र, कांग्रेस नेता जीवनबहादुर शाहीको नेतृत्वमा अनुगमनसमेत भएको थियो । अनुगमनका क्रममा शाहीले सीमा अतिक्रमणमा भएको प्रतिवेदन पार्टीलाई बुझाएका थिए ।

MilestoneShikhar Insuranc
यो प्रसंग त्यतिबेला उठेको थियो, जतिबेला नेपालले भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको करिब एक महिना मात्रै भएको थियो । केही सञ्चारमाध्यामले हुम्लामा चीनले सीमा अतिक्रमण गरेको समाचार प्रकाशन/प्रसारण गरेका थिए । र, त्यसरी प्रकाशित समाचारको तथ्यमा प्रश्न मात्र उठेको थिएन, जुन प्रतिवेदनका आधारमा समाचार लेखिएको थियो ।

सीमा अतिक्रमणको आरोप लागेपछि आक्रोशित चिनियाँ मिडियाले जसरी कांग्रेसविरुद्ध विषवमन गर्नेगरी प्रचार गर्‍यो, त्यो दुई देशबीचको सम्बन्धमै तिक्तता बढाउने खालको थियो ।

पछि चिनियाँ दूतावासले कांग्रेसलाई पत्र लेखेर बीपी कोइरालासँगको सम्बन्धको धागो तानेर सम्बन्ध विस्तारको प्रयास गरेको थियो ।

१३ नोभेम्बर २०२० मा चिनियाँ दूतावासले कांग्रेसलाई पत्र लेखेर भनेको थियो, ‘जीवनबहादुर शाहीले सार्वजनिक गर्नुभएको प्रतिवेदनलाई आधारहीन र झुटो भन्दै गैरेजिम्मेवार र अमैत्रीपूर्ण छ ।’ जब ग्लोबल टाइम्समा समाचार र दूतावासबाट पत्र आएपछि कांग्रेसले संस्थागत निर्णय गरेर ग्लोबल टाइम्सले भारतपरस्त भनेर लगाएको आरोपमा आपत्ति मात्र जनाएन, दूतावासले पत्रमा शाहीको प्रतिवेदन झुटो भएको भनाइको पनि प्रतिवाद गर्‍यो ।

कांग्रेस र चीनबीच पछिल्लोपटक बल्झिएको समस्या थियो, यो प्रकरण । यसबीचमा कांग्रेस र चिनियाँ पक्षबीच खासै सम्बन्ध रहेन । अझ, कांग्रेस अमेरिकी अनुदानमा आधारित परियोजना एमसीसी पारित गर्नुपर्ने पक्षमा उभिएका कारण चीन असन्तुष्ट छ । नेपालमा अमेरिकी परियोजना एमसीसी कार्यान्वन नहोस् भन्ने चीनको चाहना छ । तर, कांग्रेस संस्थागत रूपमै एमसीसीको पक्षमा उभिएको मात्र छैन, चर्को प्रतिरक्षामा छ ।

त्यसैले पनि कांग्रेससँग चीनको सम्बन्ध सहज र सुमधुर भएन । अघिल्लो पटक शेरबहादुर देउवा प्रधानमन्त्री हुदाँ पनि बुढीगण्डकी जलविद्युत् आयोजनाको ठेक्का चिनियाँ कम्पनी गेजुवाबाट खोसिएको थियो । र, ०७४ मा प्रधानमन्त्री केपी ओली निर्वाचित भएपछि पुनः त्यही कम्पनीलाई दिन राजी भएका थिए ।

एमसीसीका पक्षमा उभिएको कांग्रेस चीनसँग सम्झौता भएको बीआरआई परियोजना अगाडि बढाउन सक्रिय देखिदैन । जसले गर्दा चीन कांग्रेससँग सशंकित छ । तत्कालीन प्रचण्डले जाँदाजाँदै बीआरआई परियोजनामा सम्झौता गरे, लगत्तै प्रधानमन्त्री भएका देउवाले त्यसलाई अगाडि बढाउने रुचि देखाएनन् ।

कतिसम्म भने अर्थमन्त्री कृष्णबहादुर महराको पालामा चीनको एक प्रान्तले नेपालको एक प्रदेशसँग विकासमा साझेदारी प्रस्ताव गरेको थियो । महराका तत्कालीन सल्लाहाकार पुण्यप्रसाद रेग्मीले प्रस्ताव अगाडि बढाएका थिए तर पछि प्रधानमन्त्री शेरबहादुर देउवाले रोकिदिए । चार वर्षअघिको त्यो प्रस्ताव त्यत्तिकै बेपत्ता भयो ।

बीआरआईअन्तर्गतको रेल परियोजना होस् वा पेट्रोलियम पदार्थ खरिद प्रक्रिया, चाहे पारवाहन सन्धिअनुसार ढुवानी सुविधा लिने एजेण्डा नै किन नहोस्, यी परियोजना प्रधानमन्त्री ओलीले विस्तारै छोड्दै गएका कारण देउवाले कसरी अगाडि ल्याउँछन् भन्ने सन्दर्भ पनि अर्थपूर्ण हुनेछ ।

इतिहासमा प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ प्रधानमन्त्री चाउ एन लाईसँगको दोस्तीले भने चीन र कांग्रेसको गहिरो सन्बन्ध पुष्टि गर्छ । सगरमाथाको उचाइ विवादमा कोइराला र चाउ एन लाइको दोस्तीले नै निप्टारा लगाएको थियो ।

कोइरालाको सफल कूटनीतिकै कारण सगरमाथाको चुचुरो मित्रताको प्रतीकका रूपमा परिभाषित गर्दै चीनले दाबी छोडेको थियो । कोइरालाको त्यो कूटनीतिक कौशल र कलाबाट प्रधानमन्त्री देउवाले कति पछ्याउँछन्, त्यसले पनि गहिरो अर्थ राख्

4 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x