१२ मंसिर २०८३, शुक्रबार
चीनले ताइवानलाई खोप खरिद गर्न नदिएको आरोप
एजेन्सी । ताइवानले खरिद गर्न खोजेको खोप खरिद प्रक्रियालाई चीनले रोक लगाएको छ । अहिले ताईवान्कोले रोनाविरुद्धको खोप खरिद गर्नबाट बन्चित गरेको आरोप लगाएको छन् ।
जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकको खोप खरिद गर्न खोज्दा चीनले खरिद गर्न नदिएको ताइवानकी राष्ट्रपति साइ इंग–वेनले आरोप लगाएकी हु्न् ।
उनले बुधबार भनेकी छिन्,‘ताइवान र बायोएनटेकबीचको सहमति हुनै लागेको थियो तर चीनका कारण सम्झौतामा हस्ताक्षर हुन सकेन।’ यसअघि बेलायतको अस्ट्राजेनिका र अमेरिकाको मोडेर्ना खोप भने ताइवानले कुनै अवरोध बिना प्राप्त गरेको थियो।
टापु क्षेत्र ताइवानलाई चीनले आफ्नो राष्ट्रको हिस्सा भएको मान्दछ। ताइवानलाई आक्रमण गरेरै कब्जा गर्नसक्ने उसले चेतावनी दिँदै आएको छ।
Subscribe
Login
0 Comments


